ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा पुनः फर्किए


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ५ : ४५   बजे

काठमाडौं । इंग्लिस अलराउन्डर सेफ अली जैब नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजन खेल्न सुदूरपश्चिम रोयल्स टोलीसँग जोडिएका छन् । टोलीले उनलाई पहिलो विदेशी खेलाडीका रूपमा भित्र्याएको हो।

जैब यसअघि एनपीएलको पहिलो सिजनमा सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए, जहाँ उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका थिए । नौ खेलमा दुई अर्धशतकसहित २७५ रन बनाएका उनले १२ विकेट पनि लिएका थिए। दोस्रो सिजनमा भने उनी चितवन राइनोज टोलीसँग आवद्ध भएका थिए र सातवटा खेलमा ११६ रन बनाएर पाँच विकेट हात पारेका हुन् ।

टी–२० करियर

जैबले हालसम्म ११२ वटा टी–२० खेल खेलेका छन्, जसमा उनले एक हजार ७९२ रन बनाएका छन् र २३ विकेट लिएका छन्। उनी भाइटालिटी ब्लास्ट र द हन्ड्रेडजस्ता प्रतियोगितामा पनि सहभागी भएका थिए । “आफ्नो घरमा फर्कन पाउँदा निकै खुसी लागेको छ र फेरि नेपाल आएर खेल्न निकै उत्साहित छु,” जैबले बताए।

सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले जैबको पुनरागमनले टोलीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । “जैबलाई फेरि टोलीमा स्वागत गर्न पाउँदा हामी निकै खुसी र उत्साहित छौँ । नेपाली कन्डिसनमा म्याच विनरका रूपमा आफूलाई प्रमाणित गरिसकेका जैबबाट यसपटक पनि पहिलो संस्करणकै जस्तो योगदानको अपेक्षा गरेका छौँ,” खड्काले भने।

अन्य खेलाडी

सुदूरपश्चिम रोयल्सले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अभिनाश बोहरा, हेमन्त धामी र हिक्मत महरालाई रिटेन गरेको छ । यस्तै, टोलीले अक्सनमार्फत दीपक बोहरा, मिलन बोहरा, टेक रावत, अनिल खरेल, सचिन भट्ट र आयुब चन्दलाई भित्र्याएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

एसियाली खेलकुद: ४० वर्षको जुडो पदक खडेरी तोड्ने लक्ष्यमा नेपाल

आर्सनलमा ब्रुनो गिमारेसको ‘ठूलो’ प्रवेश, ७५ मिलियन पाउन्डमा सम्झौता

लियोनल मेस्सी शोकमा : पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu