ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ८ : ३५   बजे

बागलुङ । बागलुङमा सम्पन्न दोस्रो अन्तरमाध्यमिक विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको उपाधि प्रकाश माध्यमिक विद्यालय बेनीले जितेको छ।

संयुक्त चार युवा क्लब बागलुङको आयोजनामा न्यु ओयसीस एकेडेमीमा सञ्चालित प्रतियोगिताको फाइनलमा चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुल बागलुङलाई पराजित गर्दै प्रकाश माविले उपाधि हात पारेको हो।

फाइनलमा प्रकाश माविले ४३ स्कोर गर्दा चिल्ड्रेन लाइफले १२ स्कोरमा चित्त बुझायो।

उपाधिसँगै प्रकाश माविले नगद २२ हजार २२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता चिल्ड्रेन लाइफले नगद १२ हजार २१२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लबका सचिव विरोश क्षेत्रीले जानकारी दिए।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने चिल्ड्रेन लाइफका निशान कार्कीलाई उत्कृष्ट खेलाडीको पुरस्कार प्रदान गरिएको थियो। यस्तै, प्रतियोगितामा सर्वाधिक स्कोर गर्ने प्रकाश माविका राम गर्बुजालाई पनि पुरस्कृत गरिएको थियो।

विजेता, उपविजेता तथा विधागत पुरस्कार बागलुङ नगरपालिका–४ का वडाध्यक्ष कुमारविक्रम क्षेत्री, रोटरी क्लब अफ बागलुङका अध्यक्ष पुनमप्रसाद शर्मा, एनप्याब्सनका केन्द्रीय सदस्य एवं बागलुङ अध्यक्ष नेत्रलाल न्यौपाने, क्लबका पूर्वअध्यक्ष अभिषेक कटुवाललगायतले वितरण गरेका थिए।

क्लबका अध्यक्ष साकार अधिकारीको अध्यक्षता तथा सचिव विरोश क्षेत्रीको सञ्चालनमा प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा बागलुङ र म्याग्दीका विभिन्न विद्यालयका गरी १२ टोली सहभागी थिए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

‘निम्सदाइ’को शव बेलायत लगिने भएपछि जन्मथलो म्याग्दीमा निराशा

रातमाटामा रोटरी क्लबद्वारा एक सयभन्दा बढी बिरुवा रोपियो

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

बागलुङमा गाँजासहित दुई पक्राउ, अवैध काठ र ढुंगा ओसारपसारमा पनि कारबाही

राखेपको १२५औँ बोर्ड बैठक साउन २८ गते, एसियाड र राष्ट्रिय खेलकुद मुख्य एजेन्डा

इंग्लिस अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा पुनः फर्किए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu