सुर्खेत । कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना–६ स्थित फुटा भिरमा चट्टान खसेर पहिरो गएको छ।
नेपाली सेनाले करिडोर निर्माण गरिरहेको पलाँता गाउँपालिका–घाटापारी क्षेत्रमा आइतबार सडक निर्माणका क्रममा ब्लास्टिङ गरेपछि चट्टान खसेको हो।
स्थानीय राजु बमका अनुसार सडक निर्माणका लागि माथिबाट चट्टान काट्ने क्रममा चिरा परेको भागमा पहिरो गएको हो। उनका अनुसार सेनाको निर्माण कार्यदलले सडक बनाउन ब्लास्टिङ गरेपछि चट्टान खसेको थियो।
पहिरो हाल रोकिएको र कर्णाली नदीको बहावमा कुनै अवरोध नभएको बमले जानकारी दिए। घटनास्थलमा थप जोखिम नरहेको देखिए पनि सतर्कता अपनाइएको उनले बताए।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्