ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसोभोको संसद्मा प्रधानमन्त्रीमाथि अण्डा प्रहार, बैठक स्थगित


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ७ : ३५   बजे

प्रिस्टिना । कोसोभोको संसद्मा विपक्षी सांसदले कार्यवाहक प्रधानमन्त्री आल्बिन कुर्तीमाथि अण्डा प्रहार गरेपछि शनिबारको संसदीय बैठक स्थगित भएको छ।

‘एलाइन्स फर द फ्युचर अफ कोसोभो’की सांसद टाइम काद्रियाजले संसद् बैठक चलिरहेका बेला कुर्तीतर्फ अघि बढेर अण्डा प्रहार गरेकी हुन्। सुरक्षाकर्मी र अन्य सांसदहरूले उनलाई रोक्ने प्रयास गरेका थिए। त्यसक्रममा उनले कुर्तीप्रति आक्रोश व्यक्त गर्दै ‘धिक्कार छ तिमीलाई!’ भन्दै चिच्याएकी थिइन्।

घटनापछि सुरक्षाकर्मीले कुर्तीलाई घेरेर सुरक्षा दिएका थिए भने सभामुखले संसद्को प्रत्यक्ष प्रसारण रोक्न निर्देशन दिएका थिए। काद्रियाजले भने घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्।

जुन ७ मा भएको संसदीय निर्वाचनपछि नयाँ सरकार गठनका लागि दलहरूबीच सहमति जुट्न नसकिरहेका बेला संसद्मा यस्तो घटना भएको हो। कुर्ती नेतृत्वको ‘भेतेभेन्दोस्जे’ पार्टीले १२० सदस्यीय संसद्मा ५३ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि सरकार गठनका लागि आवश्यक बहुमत भने जुटाउन सकेको छैन।

सरकार गठनका विषयमा कुर्तीको पार्टी र विपक्षी दलहरूबीच लामो समयदेखि छलफल जारी रहे पनि ठोस सहमति हुन सकेको छैन। यसैबीच राष्ट्रपति चयन र सभामुखको उम्मेदवारीलाई लिएर विवाद थप चर्किएको छ।

कोसोभोमा पछिल्लो समय राजनीतिक अस्थिरता बढ्दै गएको छ। दुई वर्षभन्दा कम अवधिमा तीनपटक निर्वाचन भइसके पनि स्पष्ट बहुमतसहितको सरकार बन्न नसक्दा राजनीतिक गतिरोध कायमै छ।

१८ सिट जितेको ‘डेमोक्र्याटिक लिग अफ कोसोभो’ सम्भावित गठबन्धनका लागि महत्वपूर्ण साझेदार मानिएको छ। त्यस्तै, अर्को विपक्षी दल ‘कोसोभो डेमोक्र्याटिक पार्टी’ले २२ सिट जितेको छ। तर कुर्ती र विपक्षी दलका नेताबीच भएका छलफलले अहिलेसम्म सरकार गठनको निकास दिन सकेको छैन।

शनिबार संसद्मा भएको अण्डा प्रहारको घटनाले कोसोभोको राजनीतिक विवाद झन् तनावपूर्ण बन्दै गएको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सिंहदरबारबारे अभिव्यक्तिको आलोचना भएपछि सांसद हरि ढकालको स्पष्टीकरण

सम्बन्धित

भारतको आर्थिक वृद्धिको चमकभित्र बेरोजगार युवाको बेचैनी !

चीनमा ‘टाइफुन डल्फिन’को खतरा, १ हजार ३०० भन्दा बढी उडान रद्द

हङकङमा आवासीय भवनमा आगलागी, १६ जना अस्पताल भर्ना

सिड्नी विमानस्थलमा दुई यात्रुवाहक विमान ठोक्किनबाट जोगिए

नयाँ सर्वोच्च नेता मोजतबा खामेनीईको पहिलो भिडियो सार्वजनिक

साउदी–टर्की–पाकिस्तान रक्षा सम्झौता : भारतका लागि कति ठूलो चुनौती?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu