ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा ‘टाइफुन डल्फिन’को खतरा, १ हजार ३०० भन्दा बढी उडान रद्द


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ६ : १५   बजे

काठमाडौं । चीनमा समुद्री आँधी ‘टाइफुन डल्फिन’को प्रभाव बढेसँगै सांघाईका दुई प्रमुख विमानस्थलबाट १ हजार ३०० भन्दा बढी उडान रद्द गरिएको छ।

आँधी र भारी वर्षाको जोखिमलाई ध्यानमा राख्दै झेजियाङ प्रान्तमा करिब ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सांघाईका होङकियाओ र पुडोङ विमानस्थलबाट आइतबारका लागि निर्धारित उडानमध्ये करिब ६० प्रतिशत रद्द गरिएको हो।

चीनको मौसम विभागले आगामी दिनमा भारी वर्षा, बाढी र पहिरोको जोखिम रहेको चेतावनी दिएको छ। विशेषगरी तटीय क्षेत्रमा तीव्र हावाहुरी र भारी वर्षा हुन सक्ने बताइएको छ।

‘टाइफुन डल्फिन’ शनिबार उत्तरी ताइवान पुगेको थियो। त्यसको प्रभावले राजधानी ताइपेईसहित विभिन्न क्षेत्रमा भारी वर्षा भएको थियो। आँधीका कारण ताइवानका केही एयरलाइन्सले चीनका लागि आइतबार निर्धारित उडानसमेत रद्द गरेका छन्।

आइतबार बिहानसम्म आँधीको अधिकतम निरन्तर हावाको गति करिब १६२ किलोमिटर प्रतिघण्टा मापन गरिएको थियो। मौसम पूर्वानुमानअनुसार आँधी आइतबार राति झेजियाङ र छिमेकी फुजियान प्रान्तको उत्तरी क्षेत्रमा पुग्न सक्ने सम्भावना छ।

चिनियाँ मौसमविद्हरूले प्रभावित क्षेत्रमा आगामी केही दिनमा २०० देखि ४०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरेका छन्। झेजियाङ प्रशासनले भारी वर्षासँगै पहिरोको गम्भीर जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

झेजियाङमा ३ लाख ९० हजार मानिस सुरक्षित स्थानमा सारिए

आँधीको सम्भावित प्रभावलाई ध्यानमा राख्दै झेजियाङको ताइझोउ सहरमा शनिबार साँझ करिब ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो।

सांघाईमा पनि जोखिमयुक्त क्षेत्रबाट ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। प्रशासनले समुद्री गतिविधिमा समेत रोक लगाएको छ।

झेजियाङमा फेरी, क्रुजलगायत सबै जलआधारित गतिविधि निलम्बन गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समानुपातिक प्रतिनिधित्व सुदृढ गर्नुपर्छ : उपराष्ट्रपति यादव

चार पटक म्याद थप्दा पनि बनेन गुल्मी अस्पताल, थप ढिलाइ स्वीकार्य छैन : मन्त्री लम्साल

सम्बन्धित

कोसोभोको संसद्मा प्रधानमन्त्रीमाथि अण्डा प्रहार, बैठक स्थगित

हङकङमा आवासीय भवनमा आगलागी, १६ जना अस्पताल भर्ना

सिड्नी विमानस्थलमा दुई यात्रुवाहक विमान ठोक्किनबाट जोगिए

नयाँ सर्वोच्च नेता मोजतबा खामेनीईको पहिलो भिडियो सार्वजनिक

साउदी–टर्की–पाकिस्तान रक्षा सम्झौता : भारतका लागि कति ठूलो चुनौती?

साउदी–टर्की–पाकिस्तानको रक्षा सम्झौता : उदाउँदै ‘इस्लामिक नेटो’?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu