ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ सर्वोच्च नेता मोजतबा खामेनीईको पहिलो भिडियो सार्वजनिक


ABC NEWS
२४ श्रावण २०८३, आइतबार   ३ : ४५   बजे

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीईको भिडियो सार्वजनिक भएको छ । अमेरिका–इजरायलको आक्रमणपछि पहिलोपटक उनी सार्वजनिक भिडियोमा देखिएका हुन् ।

इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मोजतबा केही मानिससँग भुइँमा बसेर कुराकानी गरिरहेको देखिन्छ । सर्वोच्च नेता बनेपछि सार्वजनिक भएको यो उनको पहिलो भिडियो भएको बताइएको छ ।

यद्यपि, उक्त भिडियो कहिले रेकर्ड गरिएको हो भन्नेबारे मेहरले कुनै जानकारी दिएको छैन । पछिल्ला केही दिनदेखि मोजतबाको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी भइरहेका थिए ।

इजरायली च्यानल–१४ ले मोजतबाको अवस्था गम्भीर रहेको र उनलाई अस्पताल भर्ना गरिएको दाबी गरेको थियो । च्यानलले उनको छिट्टै मृत्यु हुन सक्ने दाबीसहितको समाचारसमेत प्रसारण गरेको थियो । तर, उनको वास्तविक स्वास्थ्य अवस्थाबारे स्वतन्त्र रूपमा पुष्टि हुने स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

यसैबीच, साउदी मिडिया अल–हदथले इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै मोजतबा हाल इरानमा नरहेको दाबी गरेको थियो । मोजतबाका नाममा जारी हुने सरकारी सन्देशहरू इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका प्रमुख अहमद वाहिदी तथा अन्य वरिष्ठ अधिकारीहरूले तयार पारिरहेको दाबीसमेत उक्त रिपोर्टमा गरिएको थियो ।

सर्वोच्च नेता बनेयता मोजतबा सार्वजनिक रूपमा देखिएका थिएनन् । उनले कुनै सार्वजनिक भाषणसमेत दिएका छैनन् । सरकारी सञ्चारमाध्यमले भने उनका नाममा लिखित सन्देशहरू मात्र सार्वजनिक गर्दै आएका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार, आफ्ना पिता आयातोल्लाह अली खामेनीईको मृत्युपछि मोजतबाले कुनै मन्त्रीसँग प्रत्यक्ष भेट गरेका छैनन् । उनी पिताको अन्त्येष्टिमा समेत सार्वजनिक रूपमा देखिएका थिएनन् । राष्ट्रपति मसुद पेजेश्कियनले पनि मोजतबासँग प्रत्यक्ष सम्पर्क गर्न कठिन भइरहेको बताएका थिए ।

मोजतबाको स्वास्थ्य अवस्थाबारे यसअघि पनि विभिन्न दाबी सार्वजनिक हुँदै आएका थिए । पछिल्लो भिडियो सार्वजनिक भएपछि भने उनको स्वास्थ्य र सार्वजनिक गतिविधिबारे पुनः चासो बढेको छ । यद्यपि, भिडियोको रेकर्डिङ मिति तथा उनको वर्तमान अवस्थाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला स्थगित हुने संकेत

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, १५औँ महाधिवेशनदेखि सरकारको १०० दिनसम्म छलफल

सम्बन्धित

सिड्नी विमानस्थलमा दुई यात्रुवाहक विमान ठोक्किनबाट जोगिए

साउदी–टर्की–पाकिस्तान रक्षा सम्झौता : भारतका लागि कति ठूलो चुनौती?

साउदी–टर्की–पाकिस्तानको रक्षा सम्झौता : उदाउँदै ‘इस्लामिक नेटो’?

अमेरिकी ६ माग पूरा नभएसम्म होर्मुज नखोल्ने इरानको चेतावनी

 ५३ व्यावसायिक जहाजको मार्ग परिवर्तन, होर्मुजमा सुरक्षित मार्गको तयारी

पश्चिमी क्यानडामा डढेलो भयावह बन्दै, आगोको क्षेत्रफल दोब्बर; हजारौँ विस्थापित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu