ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ५ : ३५   बजे

नेपालगन्ज । नेपालगन्जमा खाना पकाउने ग्यास लुकाएर राखेको पाइएपछि एक किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा ग्यास लुकाएर राखेको फेला पारेपछि कारबाही गरेको हो।

ग्यास लुकाएर राखिएको सूचना पाएपछि अनुगमन टोली पसलमा पुगेको थियो। निरीक्षणका क्रममा सूचना सही पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बताए। उनका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम पसललाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

अनुगमनका क्रममा पसलमा अखाद्य सामग्रीसमेत फेला परेको प्रशासनले जनाएको छ। फेला परेका त्यस्ता सामग्री नियन्त्रणमा लिइएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ।

पछिल्लो समय नेपालगन्जलगायतका क्षेत्रमा खाना पकाउने ग्यासको आपूर्ति घटेको गुनासो बढ्दै गएको छ। ग्यास अभावको आशंकामा कतिपय व्यवसायीले सिलिन्डर लुकाएर राख्ने तथा उपभोक्ताले समेत आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्ने क्रम बढ्न सक्ने भन्दै प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले बजारमा रहेका अन्य पसल तथा व्यवसायीको समेत निगरानी भइरहेको बताए। “उपभोक्ता संरक्षण ऐन उल्लंघन गरेको पाइएपछि कारबाही गरिएको हो। बजारका अन्य पसलहरूको पनि नियमित अनुगमन भइरहेको छ,” उनले भने।

स्थानीय प्रशासनले उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउने, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्ने र स्वस्थ बजार प्रतिस्पर्धा कायम राख्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अविरल वर्षापछि बीपी राजमार्गमा पहिरो : पिन्थली र नार्के क्षेत्रमा सडक पूर्ण अवरुद्ध

काठमाडौं उपत्यकामा ६ घण्टादेखि निरन्तर वर्षा, दिउँसो फेरि भारी वर्षाको सम्भावना

सम्बन्धित

सुस्तामा नदी कटान नियन्त्रणका लागि तत्काल बजेट व्यवस्थापन गर्न मुख्यमन्त्रीको निर्देशन

कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनदेखि बेपत्ता, जंगलमा मोटरसाइकल भेटियो

दुदुरा खोलामा डुबेर ११ वर्षीय बालकको मृत्यु, माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक निष्कर्ष

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अब तीव्र गतिमाः पूर्वाधार मन्त्री लम्साल

सात वर्षको सास्तीपछि सहज बन्यो नारायणगढ–बुटवल सडक, अब डेढदेखि दुई घण्टामै यात्रा

लगातार वर्षाले तीन प्रमुख सडक पूर्ण अवरुद्ध, अत्यावश्यकबाहेक यात्रा नगर्न प्रहरीको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu