ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानसँगको युद्धपछि अमेरिकी हतियार भण्डारमा दबाब, उत्पादन बढाउन पेन्टागनको निर्देशन


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकी हतियारको मौज्दात घट्दै गएपछि पेन्टागनले रक्षा उद्योगलाई हतियार उत्पादन तीव्र पार्न निर्देशन दिएको छ।

पेन्टागनका प्रवक्ता सिन पार्नेलले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकी सैनिकलाई आवश्यक हतियार उपलब्ध गराउन मन्त्रालयले गोलाबारुद खरिद बढाउने प्रक्रिया अघि बढाइरहेको जानकारी दिएका छन्। खतरा र सैन्य आवश्यकताअनुसार हतियार उपलब्ध गराउन खरिद प्रक्रिया तीव्र पार्ने प्रयास भइरहेको उनको भनाइ छ।

पार्नेलका अनुसार हतियार उत्पादन बढाउने प्रक्रिया इरानसँगको द्वन्द्वपछि मात्र सुरु भएको होइन। यो यसअघि नै अघि बढाइएको अमेरिकी सैन्य आधुनिकीकरण तथा रक्षा औद्योगिक आधार विस्तार योजनाकै निरन्तरता हो।

२१ दिनभित्र उत्पादन विस्तारको योजना

‘द वासिङ्टन पोस्ट’ले प्राप्त गरेको मेमोअनुसार अमेरिकी उपरक्षामन्त्री स्टिभ फेनबर्गले बुधबार रक्षा उद्योगका प्रमुखहरूलाई पत्र पठाउँदै महत्वपूर्ण सैन्य क्षमताका हतियार उत्पादन तीव्र पार्ने योजना २१ दिनभित्र पेस गर्न निर्देशन दिएका छन्।

फेनबर्गले वर्षौं लामो विकास चक्र अब स्वीकार्य नहुने भन्दै उत्पादन क्षमता विस्तार गर्न र कार्यक्रमको समयतालिका तत्काल छोट्याउन निर्देशन दिएका छन्।

इरानसँगको हालैको युद्धमा अमेरिकी सेनाले पहिले नै घट्दै गएको उन्नत क्षेप्यास्त्र इन्टरसेप्टरको भण्डार थप प्रयोग गरेपछि यस्तो निर्देशन आएको हो।

पेट्रियट र थाडको मौज्दात घट्यो

विज्ञहरूका अनुसार आक्रामक तथा रक्षात्मक दुवै प्रकारका हतियारको अभावले अमेरिकी सेना र उसका मध्यपूर्वी सहयोगीको सुरक्षामा जोखिम बढाउन सक्छ।

वाशिङ्टनस्थित ‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’को विश्लेषणअनुसार युद्धअघि अमेरिकासँग करिब २ हजार ३३० वटा पेट्रियट इन्टरसेप्टर थिए। अप्रिलमा युद्धविराम लागू हुँदासम्म यसको संख्या घटेर करिब १ हजार ३० मा पुगेको थियो।

हालैको युद्धपछि पेट्रियट इन्टरसेप्टरको मौज्दात ७५९ देखि ८२७ को बीचमा रहेको अनुमान गरिएको छ। यो युद्ध सुरु हुनुअघिको मौज्दातभन्दा कम्तीमा ६५ प्रतिशत कम हो।

त्यस्तै, थाड इन्टरसेप्टरको संख्या पनि युद्धअघि ४५२ रहेकोमा युद्धविरामसम्म २३२ देखि २६२ को बीचमा झरेको अनुमान छ। केही मौज्दात पुनः भरेपछि यसको संख्या २३४ देखि २७८ सम्म पुगे पनि युद्धअघि भन्दा कम्तीमा ३८ प्रतिशत कमी रहेको विश्लेषणमा उल्लेख छ।

इन्टरसेप्टरको मौज्दात घट्दा इरानबाट प्रहार हुने ड्रोन तथा क्षेप्यास्त्रविरुद्ध अमेरिकाले कम प्रतिकार गर्नुपर्ने अवस्था आउन सक्ने र त्यसले क्षेप्यास्त्र वा ड्रोन लक्ष्यमा पुग्ने जोखिम बढाउने विज्ञहरूको चेतावनी छ।

ट्रम्प भन्छन्– रणनीतिक घाटा छैन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिकी हतियार भण्डारमा कमी आएको समाचारप्रति असन्तुष्टि जनाएका छन्।

बिहीबार ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिकाले कुनै रणनीतिक घाटा नबेहोरेको दाबी गरेका छन्। केही निश्चित प्रकारका गोलाबारुदको अमेरिकासँग ठूलो भण्डार रहेको र हतियार उत्पादन तीव्र गतिमा भइरहेको उनको भनाइ छ।

उनले रक्षा ठेकेदारहरूले अमेरिकाको इतिहासमै ठूलो संख्यामा प्लान्ट तथा कारखाना निर्माण गरिरहेको दाबीसमेत गरेका छन्।

पेन्टागनका प्रवक्ता पार्नेलले भने फेनबर्गको मेमो वास्तविक भएको पुष्टि गरेका छन्। उनका अनुसार उक्त मेमोले आर्थिक वर्ष २०२८ को बजेट निर्माणका लागि आवश्यक जानकारी उपलब्ध गराउनेछ र अमेरिकी रक्षा औद्योगिक आधार पुनर्निर्माण गर्ने पेन्टागनको प्रयाससँग मेल खान्छ।

रक्षा बजेटमा कंग्रेससँग विवाद

अमेरिकी रक्षा खर्च बढाउने विषयमा ह्वाइट हाउस र कंग्रेसबीच भने विवाद देखिएको छ।

ह्वाइट हाउसले रक्षा खर्च गत वर्षको करिब ९०० अर्ब डलरबाट बढाएर १.५ ट्रिलियन डलर पुर्‍याउने प्रस्ताव गरेको छ। तर, इरानविरुद्ध ट्रम्प प्रशासनले गरेको सैन्य कारबाहीप्रति असन्तुष्ट रहेका केही सांसदले पेन्टागनको खर्च बढाउने प्रस्तावको विरोध गरिरहेका छन्।

यसैबीच, अमेरिकी रक्षा मन्त्रालयले यसै महिनाको सुरुमा मिसाइल प्रतिरक्षा प्रणालीमा प्रयोग हुने पार्टपुर्जाको उत्पादन क्षमता विस्तार गर्न Lockheed Martin र Northrop Grummanसँग नयाँ सम्झौता गरेको छ।

‘इन्टरसेप्टर सकिए जोखिम बढ्छ’

अमेरिकी हतियार भण्डारको अवस्थालाई लिएर विज्ञहरूले भने अझै चिन्ता व्यक्त गरेका छन्।

‘सेन्टर फर स्ट्रेटेजिक एन्ड इन्टरनेसनल स्टडिज’का विश्लेषक तथा सेवानिवृत्त अमेरिकी मरिन कर्प्स कर्नेल मार्क क्यान्सियनले अमेरिकी सेनासँग बाँकी रहेका इन्टरसेप्टरको संख्या धेरै नभएको बताएका छन्।

उनका अनुसार पेट्रियट इन्टरसेप्टरको भण्डार अत्यधिक घटेमा इरानी क्षेप्यास्त्रले अमेरिकी वा उसका सहयोगी मुलुकका लक्ष्यमा प्रत्यक्ष प्रहार गर्न सफल हुने जोखिम बढ्न सक्छ।

यसले इरानसँगको युद्धले अमेरिकी सैन्य क्षमतामा मात्र होइन, अमेरिकी रक्षा उद्योगको उत्पादन क्षमता र हतियार भण्डार पुनःपूर्ति गर्ने क्षमतामाथि समेत दबाब बढाएको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कावासोतीमा माइक्रोबस पल्टिँदा ६ जना घाइते

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन : मधेशमा महिला हिंसापछिको अर्को संघर्ष

सम्बन्धित

शक्तिशाली टाइफुन डल्फिनले चीनमा १० लाखभन्दा बढी विस्थापित

हङकङमा अहिलेसम्मकै उच्च तापक्रमको नयाँ कीर्तिमान, ३६.९ डिग्री सेल्सियस पुग्यो

हर्मुज खुला गर्ने सर्तमा ट्रम्प परमाणु सम्झौताबाट पछि हट्लान् ? इरानसँग नयाँ समझदारीको संकेत

भारतको आर्थिक वृद्धिको चमकभित्र बेरोजगार युवाको बेचैनी !

कोसोभोको संसद्मा प्रधानमन्त्रीमाथि अण्डा प्रहार, बैठक स्थगित

चीनमा ‘टाइफुन डल्फिन’को खतरा, १ हजार ३०० भन्दा बढी उडान रद्द

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu