ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२० वर्षमुनिका युवाका लागि चौथो युवा सर्ट फिल्म फेस्टिभल आह्वान


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ४५   बजे

काठमाडौं । २० वर्षमुनिका प्रतिभावान युवालाई लक्षित गर्दै चौथो युवा सर्ट फिल्म फेस्टिभलका लागि आवेदन आह्वान गरिएको छ। अस्कर कलेज र चलचित्र विकास बोर्डले संयुक्त रूपमा फेस्टिभल आयोजना गर्न लागेका हुन्।

प्रतियोगितामा सहभागी हुने सर्ट फिल्मको अवधि न्यूनतम ८ मिनेटदेखि अधिकतम १५ मिनेटसम्म हुनुपर्ने आयोजकले जनाएको छ। इच्छुक प्रतियोगीले आगामी भदौ ८ गतेभित्र आफ्नो चलचित्र बुझाउनुपर्नेछ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख रुपैयाँ, द्वितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यसैगरी, पुरस्कार विजेतामध्ये अस्कर कलेजमा अध्ययन गर्न इच्छुकलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी चलचित्रमध्ये उत्कृष्ट फिल्महरू फेस्टिभलमा प्रदर्शन गरिनेछन्। विजेताको घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भदौ १५ गते आयोजना गरिनेछ।

युवा पुस्तामा चलचित्र निर्माणप्रतिको रुचि, सिर्जनशीलता र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन : मधेशमा महिला हिंसापछिको अर्को संघर्ष

राहदानी ऐन संशोधन विधेयक संसदमा दर्ता : रद्ददेखि विदेशमै जैविक विवरण संकलनसम्म नयाँ व्यवस्था

सम्बन्धित

तुल्साको मुद्दादेखि प्रहरीको सम्पत्ति शुद्धीकरण अनुसन्धान : २८ मुद्दामा अनुसन्धान, १५ को प्रतिवेदन बुझाइयो

प्राकृतिक प्रकोपको बढ्दो क्षतिले विश्व बीमा उद्योगमा दबाब, २०२५ मा १०७ अर्ब डलर बीमित क्षतिको अनुमान

कालीमाटीमा आज तरकारीको मूल्य : गोलभेँडा र प्याज स्थिर, केही तरकारी महँगिए

सर्लाहीमा ‘किरा’ले टोकेपछि युवकको मृत्यु, सर्पले टोकेको हुनसक्ने प्रहरीको आशंका

नेपाली बजारमा डोङफेङका विद्युतीय बस भित्रिँदै, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने

भन्सार जाँचपासमा अनधिकृत व्यक्ति रोक्ने विभागको निर्देशनको महासंघद्वारा स्वागत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu