ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्लाहीमा ‘किरा’ले टोकेपछि युवकको मृत्यु, सर्पले टोकेको हुनसक्ने प्रहरीको आशंका


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ०५   बजे

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–९, मुर्तियामा ‘नाम नखुलेको किरा’ले टोकेको भनिएका एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय रामपृत महतो रहेका छन्। आइतबार दिउँसो आफ्नै घरमा रहेका बेला महतोलाई दाहिने खुट्टामा कुनै किराले टोकेको परिवारले जनाएको छ।

किराले टोकेपछि गम्भीर बिरामी भएका महतोलाई आफन्तले उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याएका थिए। तर, अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी वेदप्रसाद गौतमका अनुसार महतोलाई के ले टोकेको भन्ने यकिन भएको छैन। परिवारले टोक्ने जनावर नदेखेकाले किराले टोकेको बताएको प्रहरीको भनाइ छ। प्रहरीले विषालु सर्पले टोकेको हुनसक्ने आशंका गरेको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक कृष्ण आचार्यको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन : मधेशमा महिला हिंसापछिको अर्को संघर्ष

राहदानी ऐन संशोधन विधेयक संसदमा दर्ता : रद्ददेखि विदेशमै जैविक विवरण संकलनसम्म नयाँ व्यवस्था

सम्बन्धित

तुल्साको मुद्दादेखि प्रहरीको सम्पत्ति शुद्धीकरण अनुसन्धान : २८ मुद्दामा अनुसन्धान, १५ को प्रतिवेदन बुझाइयो

२० वर्षमुनिका युवाका लागि चौथो युवा सर्ट फिल्म फेस्टिभल आह्वान

प्राकृतिक प्रकोपको बढ्दो क्षतिले विश्व बीमा उद्योगमा दबाब, २०२५ मा १०७ अर्ब डलर बीमित क्षतिको अनुमान

कालीमाटीमा आज तरकारीको मूल्य : गोलभेँडा र प्याज स्थिर, केही तरकारी महँगिए

नेपाली बजारमा डोङफेङका विद्युतीय बस भित्रिँदै, नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक गरिने

भन्सार जाँचपासमा अनधिकृत व्यक्ति रोक्ने विभागको निर्देशनको महासंघद्वारा स्वागत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu