काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न भएको घोषणा गरेको छ।
अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना विजेतालाई शुक्रबार काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजित कार्यक्रममा सुनको गोल्डेन बल हस्तान्तरण गरिएको हो।
पहिलो विजेता प्रमेश केसी, दोस्रो विजेता तिप्सिका राणा र तेस्रो विजेता सबिना थापाले जनही ३ दशमलव ५ तोला सुनको गोल्डेन बल प्राप्त गरेका छन्।
विश्वकप फुटबलको उत्साहलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताले सहभागिता जनाएको आयोजकले जनाएको छ।
उपभोक्ताले एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी लक्की ड्रमा सहभागी भएका थिए।
भाटभटेनीसँगको सहकार्यमा बाइक उपहार
सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रको नतिजासमेत सार्वजनिक गरिएको थियो।
उक्त योजनामा समिर चन्द्र शर्मा पौडेललाई भाग्यशाली विजेताका रूपमा घोषणा गरिएको छ।
उपभोक्ताप्रति आभार
पुरस्कार ग्रहण गर्दै तीनै जना विजेताले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गरेका थिए। उनीहरूले आगामी दिनमा पनि उपभोक्तामुखी तथा आकर्षक अभियान सञ्चालन गर्न कम्पनीलाई शुभकामना दिएका छन्।
कम्पनीले अभियानमा उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिता र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सिर्जनात्मक, प्रविधिमैत्री तथा उपभोक्तामुखी अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
खेलकुद, मनोरञ्जन तथा उपभोक्ता सहभागितामूलक अभियानमार्फत नेपाली उपभोक्तासँगको सम्बन्धलाई थप सुदृढ बनाउने कम्पनीको भनाइ छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्