ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १२ : १५   बजे

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शिष्टाचार भेटका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा दुई देशबीच सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको थियो।

प्रधानमन्त्री शाहले विदेशी राजदूतसँग एक्लाएक्लै गरेको यो पहिलो भेटवार्ता हो। यसअघि प्रधानमन्त्री नियुक्त भएपछि उनले नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक रूपमा भेटवार्ता गरेका थिए।

भेटमा नेपाल र भारतबीच लामो समयदेखि रहँदै आएको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।

दुई देशबीच आपसी हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने तथा आगामी दिनमा सहयोगका नयाँ क्षेत्र पहिचान गर्ने विषयमा समेत प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच कुराकानी भएको थियो।

नेपाल र भारतबीच राजनीतिक, आर्थिक, व्यापारिक, ऊर्जा, पूर्वाधार, पर्यटन तथा जनस्तरको सम्बन्ध रहँदै आएको छ। यस्तो अवस्थामा प्रधानमन्त्री र भारतीय राजदूतबीचको भेटलाई दुई देशबीचको आगामी सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

भारतीय राजदूत : सहयोग निरन्तर रहने प्रतिबद्धता

भेटपछि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग भेटवार्ता भएको जानकारी दिँदै नेपाल सरकारसँगको सहयोगलाई निरन्तरता दिनेबताएका छन्।

उनले नेपाल–भारत सम्बन्धलाई थप नयाँ उचाइमा पुर्‍याउने इच्छा व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि विदेशी कूटनीतिज्ञसँग गरेको यो पहिलो औपचारिक एकल भेट भएकाले यसलाई उनको सरकारको विदेश नीति र छिमेकी मुलुकसँगको सम्बन्धका दृष्टिले समेत चासोका साथ हेरिएको छ।

भारतपछि प्रधानमन्त्री शाहले अन्य विदेशी कूटनीतिक प्रतिनिधिसँग पनि भेटवार्ता गर्ने तयारी गरेको बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस सांसद काउचाको प्रधानमन्त्री बालेनलाई सन्देश– ‘नडराउनुहोस्, तपाईं एक्लो हुनुहुन्न’

कांग्रेसद्वारा प्रधानमन्त्रीलाई सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन पुनः आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस सांसद काउचाको प्रधानमन्त्री बालेनलाई सन्देश– ‘नडराउनुहोस्, तपाईं एक्लो हुनुहुन्न’

कांग्रेसद्वारा प्रधानमन्त्रीलाई सीमा सम्बन्धी अभिव्यक्ति सच्याउन पुनः आग्रह

Ukrainian Drone Attack Kills Twelve in Russia’s Tatarstan Region

Indian Parliament Adjourns as Opposition Protests Bill Introductions

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

Total Solar Eclipse Set to Cross Europe and Beyond on August 12

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu