काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) एक्लो नरहेको बताउनुभएको छ। सोमबार साउन २५ गते प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीले सत्य स्वीकार गर्दै राजनीतिक संवाद अघि बढाए प्रतिपक्षले सरकारलाई साथ दिने बताउनुभयो।
सांसद काउचाले प्रधानमन्त्रीलाई नडराउन आग्रह गर्दै भन्नुभयो, “प्रधानमन्त्रीजी नडराउनुहोस्, तपाईं एक्लो हुनुहुन्न। तपाईंको साथमा प्रतिपक्ष छ।” उहाँले प्रधानमन्त्रीले सत्य स्वीकार गर्नुपर्ने र सरकारबाट गलत काम भएको भए त्यसलाई सच्याउने साहस देखाउनुपर्ने बताउनुभयो।
आफ्नो पुस्ताको प्रधानमन्त्रीसँग धेरै आशा र अपेक्षा रहेको उल्लेख गर्दै काउचाले युवा प्रधानमन्त्री असफल हुन नहुनेमा जोड दिनुभयो। उहाँले देशको विकास र जनहितका लागि सरकारले सही कदम चालेमा प्रतिपक्ष रचनात्मक सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो।
उहाँले प्रधानमन्त्रीले राजनीतिक दल तथा प्रतिपक्षसँग संवाद र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै सरकारका सकारात्मक काममा प्रतिपक्षले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
Originally published on abcnews.com.np.

















प्रतिक्रिया दिनुहोस्