ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अक्षरा’को टिजर सार्वजनिक, पारिवारिक हिंसाको कथा प्रस्तुत


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १२ : ३५   बजे

काठमाडौं । विनयराज पौडेल निर्देशित चलचित्र **‘अक्षरा’**को टिजर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक टिजरमा धनाढ्य परिवारमा विवाह गरेकी एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र हिंसाको कथा प्रस्तुत गरिएको छ।

टिजरले युवकको पारिवारिक पृष्ठभूमि नबुझी छोरीको विवाह गराउँदा उत्पन्न हुन सक्ने समस्यालाई मुख्य विषय बनाएको छ। चलचित्रमा सुशील पोखरेलले बुबाको भूमिका निर्वाह गरेका छन् भने न्यान्सी खड्का छोरी र सुशील सिटौला उनका श्रीमान्को भूमिकामा छन्।

सुशील सिटौला रक्सीको लतमा परेका तथा श्रीमतीमाथि हिंसा गर्ने र आफ्नो पारिवारिक रवाफ देखाउने चरित्रमा प्रस्तुत भएका छन्। श्रीमान्बाट कुटाइ खाएपछि माइती पुगेकी छोरीले बुबासँग गरेको मार्मिक संवाद टिजरको मुख्य आकर्षण बनेको छ।

टिजरमा न्यान्सीको पात्रले प्रश्न गर्छिन्, ‘कतिन्जेल नारीले मात्रै आफ्नो घर–थर सार्नुपर्ने? अरूलाई खुसी पार्ने बहानामा सधैँ आफू हार्नुपर्ने? छोरी भनेको अरूको घर जाने मात्र होइन बा, माइतीको टेको पनि हो। के म टेको बन्न पाउँदिन र बा?’

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रकी प्रस्तुतकर्ता सोनी थापा ढुंगाना हुन्। उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने हुन्।

चलचित्रको मूल कथा निर्माता उग्रसेन ढुंगानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका छन्।

चलचित्रमा न्यान्सी खड्का, सुशील पोखरेल, सुशील सिटौलासहित अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा) र सृष्टि खड्काको अभिनय रहेको छ। बालकलाकारतर्फ रोनक खड्का र प्रीसा ढुंगानाको अभिनय छ।

‘अक्षरा’ आगामी भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ढल्केबर ट्रमा सेन्टर विवादले मधेसको वातावरण बिग्रन सक्छ : सांसद यादव

गिट्टी–बालुवा उत्खननसम्बन्धी कानुन संशोधन गर्न सांसद तामाङको माग

सम्बन्धित

‘गौँथली’को कमाइ २० करोड नजिक, सर्वाधिक कमाउने फिल्मको चौथो स्थानमा

‘गौँथली’को बक्सअफिस कलेक्सन १९ करोड ७१ लाख रुपैयाँ

‘१२ गाउँ–२’को डबिङ सुरु, दशैंमा प्रदर्शन हुने

‘अक्षरा’को टिजर सार्वजनिक: महिला हिंसा कथा केन्द्रमा

२५ वर्षमुनिका ७५ युवा लेखकको जमघट : नेपाली साहित्यमा नयाँ पुस्ताको सशक्त आगमन

नेपालको पहिलो कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’ घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu