ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको पहिलो कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’ घोषणा


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   १० : ४५   बजे

काठमाडौं । नेपालको पहिलो कमेडी एक्टमा आधारित रियालिटी शो **‘सुपर कमेडी लिग’**को औपचारिक घोषणा गरिएको छ। ओपन डोर्स इन्टरटेन्मेन्टले निर्माण गर्ने शो हास्य–व्यंग्यमा आधारित हुनेछ।

शोमा अभिनेता राजेश हमालले लिग प्रेसिडेन्टको भूमिका निर्वाह गर्नेछन्। त्यस्तै कलाकार विल्सन विक्रम राई, लुनिभा तुलाधर, रविन्द्र झा र सुरक्षा पन्त क्याप्टेन तथा मेन्टरका रूपमा रहने भएका छन्।

कार्यक्रमका लागि देशका पाँच सहरमा अडिसन सञ्चालन गरिनेछ। अडिसनबाट छनोट भएका ३२ जना प्रतिस्पर्धीलाई चार समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा आठ जना प्रतिस्पर्धी रहनेछन् भने चार समूहको नेतृत्व चार क्याप्टेनले गर्नेछन्।

‘सुपर कमेडी लिग’ समूहगत प्रतिस्पर्धामा आधारित हुनेछ। कार्यक्रममा कम्तीमा दुई जना प्रतिस्पर्धीले एउटै स्क्रिप्टमा संयुक्त रूपमा प्रस्तुति दिनेछन्। आवश्यकताअनुसार प्रस्तुतिमा सहभागीको संख्या बढाउन सकिने आयोजकले जनाएको छ।

पूर्वनिर्धारित विषय र थिममा आधारित प्रस्तुतिमा स्केच, स्किट तथा ड्रामेडीलगायतका शैली समेटिनेछन्। आयोजकका अनुसार समूहमा मिलेर सिर्जनात्मक तथा हास्यपूर्ण प्रस्तुति दिनु कार्यक्रमको मुख्य विशेषता हुनेछ।

कार्यक्रमको नियमित प्रसारण भदौको अन्तिम सातादेखि सुरु हुने आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोपाइँ सकिँदासमेत किसानले मल पाएनन् : प्रचण्ड

सुस्तामा नारायणीको कटान तीव्र, तीन तहका सरकार उच्च सतर्कतामा

सम्बन्धित

२५ वर्षमुनिका ७५ युवा लेखकको जमघट : नेपाली साहित्यमा नयाँ पुस्ताको सशक्त आगमन

राजेश हमाल भन्छन्– ‘कमेडी सबैभन्दा चुनौतीपूर्ण कला हो’

कन्दरा ब्यान्डको अमेरिका भ्रमण सम्पन्न

स्पाइडरम्यानको ‘ब्रान्ड न्यु डे’ले नेपालमा मच्चायो तहल्का, बक्सअफिसमा नयाँ कीर्तिमानतर्फ

तीन प्रज्ञा–प्रतिष्ठानमा ८३ जना मनोनीत, ८ जना मन्त्रीको गृहजिल्लाबाट

काविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि आठ कृति छनोट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu