ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८३ वर्षमा पनि उस्तै जोस : मोटरसाइकल चढेर जनताका काममा दौडिन्छन् सांसद गयानन्द मण्डल


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   २ : ४५   बजे

विराटनगर — उमेरले ८३ वर्ष पार गरिसके पनि कोसी प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका सभापति गयानन्द मण्डलको सक्रियतामा कुनै कमी आएको छैन। मधुमेह, उच्च रक्तचाप र घुँडाको समस्याले सताए पनि उनको दैनिकी भने अझै कुनै तन्नेरीको भन्दा कम छैन।

जाडो मौसममा समेत मोटरसाइकल चढेर विराटनगरका विभिन्न कार्यक्रममा पुग्ने मण्डललाई देखेर धेरैले आश्चर्य मान्छन्। उनीहरू भन्ने गर्छन्, ‘उमेर ८३ वर्ष भए पनि काम भने कुनै तन्नेरीभन्दा कम छैन।’

२०७९ को निर्वाचनबाट कोसी प्रदेशसभा सदस्य निर्वाचित मण्डल आफूलाई ‘सक्रिय बुढा मान्छे’ भन्न रुचाउँछन्। उमेरले शरीरमा केही समस्या थपिए पनि जिम्मेवारी पूरा गर्ने इच्छाशक्ति कमजोर नभएको उनको भनाइ छ।

बिहान ३ बजेदेखि सुरु हुन्छ दिनचर्या

मण्डलको सक्रियताको पछाडि उनको अनुशासित र आध्यात्मिक जीवनशैली पनि महत्वपूर्ण देखिन्छ। उनी बिहान ३ बजे नै उठ्छन्।

शाकाहारी मण्डल माछा, मासु, रक्सी, गुट्खा तथा खैनी सेवन गर्दैनन्। उनी सन्तमतका अनुयायी हुन्। बिहान ३ देखि ४ बजेसम्म इष्टदेवको मौन ध्यान र मानस जाप गरेपछि करिब आधा घण्टा विश्राम गर्छन्।

त्यसपछि साढे ५ बजेसम्म योग तथा व्यायाम गर्छन्। जडीबुटीका औषधि, आलसको झोल र चिया सेवन गरेपछि मन्दिर पुगेर पूजापाठ गर्नु उनको नियमित दिनचर्याको अर्को हिस्सा हो।

बिहान १० बजेसम्म खाना खाइसक्ने उनी त्यसपछि भने जनताका काम, मन्त्रालयको दौडधुप तथा प्रदेशसभाको बैठकमा व्यस्त हुन्छन्।

‘सांसदको मुख्य काम बजेट र कानुन बनाउने हो’

संसदीय व्यवस्थाबारे मण्डलको आफ्नै स्पष्ट धारणा छ। उनका अनुसार सांसदको प्रमुख जिम्मेवारी बजेट पारित गर्ने र कानुन निर्माण गर्ने हो। विकास निर्माणको कार्यान्वयन भने सरकार र मन्त्रीहरूको मुख्य जिम्मेवारी भएको उनी बताउँछन्।

‘सांसदको काम बजेट पारित गर्ने र कानुन बनाउने मात्र हो। मुख्य काम त मन्त्रीहरूकै हुन्छ,’ उनी भन्छन्।

मन्त्रीहरूले आफ्नै निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गर्ने प्रवृत्तिप्रति भने मण्डल असन्तुष्ट छन्। आफू मन्त्री नभए पनि आफ्नो निर्वाचन क्षेत्र र समग्र प्रदेशका लागि आवश्यक काम अघि बढाउन उनी निरन्तर सक्रिय रहन्छन्।

प्रदेशसभाको बैठकप्रतिको उनको निष्ठा पनि उल्लेखनीय छ। मण्डलका अनुसार दुई वर्षअघि एक दिन जानकारी नपाएका कारण अनुपस्थित हुनुपरेको बाहेक उनी प्रदेशसभाको कुनै बैठकमा अनुपस्थित भएका छैनन्।

सामाजिक विकास समितिको सभापतिका रूपमा उनले १४ जिल्ला र चार प्रदेशको अनुगमन भ्रमणसमेत गरिसकेका छन्।

किसानका लागि पानी र बिजुली प्राथमिकतामा

मोरङका किसानको प्रमुख समस्या सिँचाइ र पानी भएको मण्डल बताउँछन्। त्यसैले धनपालथान र जहदा क्षेत्रमा भूमिगत सिँचाइ तथा विद्युत् लाइन विस्तारलाई उनले आफ्नो प्रमुख अभियान बनाएका छन्।

यसका लागि उनी काठमाडौँस्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयदेखि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसम्म पटकपटक पुगेको अनुभव सुनाउँछन्। बजेट र फाइल अघि बढाउन निरन्तर दौडधुप गरेको उनको भनाइ छ।

‘डिजेल इन्जिनबाट एक बिघा खेत सिँचाइ गर्दा तीन हजार रुपैयाँ लाग्छ, तर विद्युत्बाट गर्दा थोरै खर्च हुन्छ,’ मण्डल भन्छन्।

उनको पहलमा खेतखेतमा विद्युत्का पोल गाड्ने तथा बोरिङ खनेर भूमिगत पानी निकाल्ने काम अघि बढेको छ। यसबाट स्थानीय किसानलाई सिँचाइमा सहजता भएको उनको दाबी छ।

२०२३ सालदेखि राजनीतिक यात्रा

मण्डलको राजनीतिक तथा सामाजिक यात्रा लामो छ। उनी पहिलोपटक २०२३ सालमा कदमाहाबाट ग्राम पञ्चायतको प्रधानपञ्च बनेका थिए। त्यसपछि २०२६ सालमा जिल्ला सभा सदस्य तथा २०२८ सालमा किसान संघको जिल्ला सदस्य भएर काम गरे।

स्थानीय शिक्षाको विकासमा पनि उनको योगदान छ। २०३० सालमा स्थानीय साथीहरूसँग मिलेर सर्वोदय माध्यमिक विद्यालय, कदमाहा स्थापना गर्दा उनले आफ्नै जमिन दान गरेका थिए।

त्यसैगरी सोराभागमा नमुना सहकारी संस्था सञ्चालन गर्दै लामो समय मोरङकै उत्कृष्ट सहकारीको नेतृत्व गरेको अनुभव पनि उनीसँग छ।

संसदीय राजनीतिमा भने उनको यात्रा सहज रहेन।

२०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले टिकट दिए पनि उनी पराजित भए। २०७० सालमा सुशील कोइरालाले टिकट दिँदा उनी केवल ८ मतको अन्तरले पराजित भए। २०७४ सालमा टिकट पाउन नसकेका मण्डलले अन्ततः २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यका रूपमा चुनाव जिते।

जीवनको उत्तरार्धमा आइपुगेका मण्डलका अब ठूला राजनीतिक आकांक्षा छैनन्। बाँकी कार्यकालमा गाउँपालिका र प्रदेश सरकारसँग सहकार्य गरेर प्राङ्गारिक तथा गँड्यौला मल उत्पादन विस्तार गर्ने उनको योजना छ।

किसानलाई रासायनिक मलको परनिर्भरताबाट मुक्त गराउन स्थानीयस्तरमै जैविक मल उत्पादन बढाउनुपर्ने उनको धारणा छ।

‘जबसम्म आफ्नै जैविक मल बनाउँदैनौँ, तबसम्म किसानहरू रासायनिक मलको समस्याबाट कहिल्यै मुक्त हुन सक्दैनन्,’ उनी भन्छन्।

आफू संसारमा नरहे पनि जनताको खेतसम्म पुगेको बिजुली र सिँचाइले आफूलाई सम्झाइरहने विश्वास मण्डल व्यक्त गर्छन्।

उमेरले ८३ वर्ष पार गरे पनि उनी अहिले पनि दैनिक पाँचवटासम्म सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेका छन्। स्वास्थ्यका चुनौतीबीच पनि आफ्नो जिम्मेवारीप्रतिको निरन्तरता र कामप्रतिको लगावले मण्डलको राजनीतिक जीवनलाई उमेरभन्दा बढी ऊर्जाको कथाका रूपमा प्रस्तुत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

सरकारलाई प्रश्न गर्दा ‘ओलीको कार्यकर्ता’ भनिएकोमा ज्ञानेन्द्र शाहीको आपत्ति

सम्बन्धित

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

फिदिममा रेबिजविरुद्ध खोप अभियान, ५३ पशुलाई खोप

अटो र ट्याक्टर ठोक्किँदा झापामा एकजनाको मृत्यु, चार घाइते

आत्मीयता र सम्मानले मात्रै पार्टी बलियो हुन्छ : कृष्णप्रसाद सिटौला

धनकुटामा ग्यास डिलर अनुगमन, एक परिवारलाई एक सिलिन्डर दिन निर्देशन

झापामा हात्तीपीडितलाई करिब २ करोड राहत वितरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu