ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक यातायातका चालकको ६ महिनामा स्वास्थ्य परीक्षण गर्न सांसद श्रेष्ठको माग


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ५ : १५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले सार्वजनिक यातायातका चालकको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

शनिबार साउन २३ गते प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद श्रेष्ठले चालकलाई हृदयघात हुँदा सवारीसाधनमा रहेका यात्रुको ज्यान जोखिममा पर्न सक्ने भन्दै यस्ता अप्रत्याशित घटना रोक्न तत्काल कदम चाल्नुपर्ने बताए।

उनले केही दिनअघि धादिङमा माइक्रोबस चलाइरहेका चालकलाई हृदयघात भएको घटना सुनाउँदै यस्तो अवस्थामा निम्तिन सक्ने जोखिमबारे संसद्मा ध्यानाकर्षण गराए।

“तपाईं कतै जाँदै गर्दा गाडीमा सवार हुनुहुन्छ, चालकलाई हार्ट अट्याक भयो। त्यस्तो अवस्था एकछिन परिकल्पना गर्नुस् त ! अस्ति साउन २३ गते धादिङमा यस्तै भयो,” उनले भने।

चालकलाई हृदयघात भएपछि माइक्रोबस रोकिएको र तत्काल सीपीआर दिइए पनि चालकलाई बचाउन नसकिएको उनले बताए। घटनाप्रति दुःख व्यक्त गर्दै उनले चालकप्रति श्रद्धाञ्जली अर्पण गरे।

धादिङको घटना प्रतिनिधिमूलक मात्रै भएको भन्दै श्रेष्ठले केही दिनअघि चितवनमा पनि यस्तै घटना भएको जानकारी दिए। यस्ता घटनाले सार्वजनिक यातायातमा चालकको स्वास्थ्य अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता देखाएको उनको भनाइ थियो।

६ महिनामा स्वास्थ्य परीक्षणको प्रस्ताव

सांसद श्रेष्ठले सुरक्षित यात्राका लागि सवारीसाधनको अवस्था राम्रो भएर मात्र नहुने भन्दै चालकको स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुने बताए।

उनले सार्वजनिक यातायातका चालकको प्रत्येक ६ महिनामा स्वास्थ्य परीक्षण गर्ने, त्यसको डिजिटल अभिलेख राख्ने र मनोसामाजिक परामर्श दिने व्यवस्था गर्न प्रस्ताव गरे।

“हरेक ६ महिनामा सार्वजनिक यातायातका चालकको स्वास्थ्य परीक्षण गर्नुपर्छ, डिजिटल अभिलेख राख्नुपर्छ, मनोसामाजिक परामर्श दिनुपर्छ,” उनले भने।

कुनै चालक बिरामी भएमा स्वास्थ्य परीक्षण गरी फिटनेस प्रमाणित भएपछि मात्रै पुनः चालकका रूपमा काम गर्न पाउने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। यसका लागि यातायात व्यवसायी र सरकारले संयुक्त रूपमा आवश्यक कदम चाल्नुपर्ने उनले बताए।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

देउवाको चुनदेवी ‘कमब्याक’ : टिकट खोसियो, सभापति पद गयो, तर देउवाको शक्ति सकिएन !

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Russian Orthodox Leader Condemns Ukrainian Drone Strike on Church

Navy Son’s Return Delayed As Father Detained By Border Patrol

China’s Foreign Minister Meets With Jordanian Counterpart During Royal Visit

Retired U.S. Teacher Reconnects with Chinese Friend After Decades, Revives Desert Greening Effort

Two Children Killed in Drone Strike on Russian Childcare Center

निजी भ्रमणमा प्रधानमन्त्री बालेन : पोखराबाट मुस्ताङसम्मको पारिवारिक यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu