ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विशेष अधिवेशनको माग गर्ने नेताहरूलाई पार्टी नतोड्न कांग्रेस नेता साउदको आग्रह


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ५ : २५   बजे

काठमाडौँ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश साउदले पार्टीभित्र विशेष अधिवेशनको माग गरिरहेका नेताहरूलाई पार्टी विभाजनको बाटोमा नजान आग्रह गरेका छन्।

सोमबार काठमाडौँमा नेपाली कांग्रेस सिन्धु–काठमाडौँले आयोजना गरेको कार्यक्रममा बोल्दै साउदले आन्तरिक मतभेद बिर्सेर पार्टी एकतामा जोड दिनुपर्ने बताएका हुन्।

सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा डिभिजन बेन्चको फैसलामाथि पुनरावलोकन गर्ने निर्णय गरेको उल्लेख गर्दै साउदले यसलाई विशेष अधिवेशनको माग गरिरहेका नेताहरूका लागि ‘सच्चिने अवसर’ का रूपमा व्याख्या गरे।

उनले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा विशेष अधिवेशनको नेतृत्व गरिरहेका नेताहरूको समेत सहभागिता र महत्वपूर्ण जिम्मेवारी रहेको स्मरण गराए।

वर्तमान केन्द्रीय समितिकै आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गरे मात्रै पार्टी एकजुट रहने उनको भनाइ थियो।

‘अदालतको पछिल्लो निर्णयले विशेष अधिवेशनको माग गर्ने साथीहरूलाई सच्चिने एउटा ठूलो अवसर दिएको छ। अब १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनतर्फ लाग्नुपर्छ। तपाईंहरूले गर्ने भनिएको १५औँ महाधिवेशन विभाजनको महाधिवेशन हुनेछ। हामी एकताको १५औँ महाधिवेशन चाहन्छौँ। त्यसैले पार्टी तोड्ने जस्तो अन्तिम गल्ती नगर्नुस्,’ साउदले भने।

साउदले पूर्वसभापति शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्कने जानकारी दिँदै साउन २९ गते बस्ने भेलाबाट पार्टीले नयाँ कार्यदिशा र दृष्टिकोण तय गर्ने बताए।

उनका अनुसार उक्त भेलाले पार्टीको आगामी नीति र राजनीतिक मार्गदिशाबारे छलफल गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउन आवश्यक निर्णय गर्नेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटी

कांग्रेसको १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन प्रकाशमान सिंहको प्रस्ताव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटी

पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन : पहिलो दिनै प्रिन्स दाहाल स्तब्ध

कांग्रेसको १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन प्रकाशमान सिंहको प्रस्ताव

एनसेल लगानीकर्तामाथि धरपकडले लगानीको वातावरणमा प्रश्न उठायो : डिल्लीराम श्रेष्ठ

सन्दीप लामिछाने बने नेपाली क्रिकेट टोलीका कप्तान, रोहित पौडेल पदमुक्त

मुद्दाको प्रत्यक्ष प्रसारण न्यायपालिकाको हितमा छैन : नेपाल बार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu