काठमाडौँ । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पार्वती’ को लिरिकल गीत ‘मेरो दिदी’ सार्वजनिक भएको छ।
निर्माण टिमले सोमबार ओएसआर युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो। गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने फिल्मका अभिनेता अशोक दर्जीले स्वर दिएका छन्।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना र अशोक दर्जीले अभिनय गरेका छन्। कारुणिक भाव समेटिएको गीतमा दिदी–भाइबीचको प्रेम र आत्मीयतालाई प्रस्तुत गरिएको छ। रक्षाबन्धनको सन्दर्भसँग जोडिएको दिदी–भाइको सम्बन्धले गीतलाई थप भावुक बनाएको छ।
नीता ढुङ्गानाको निर्देशनमा बनेको फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्त प्रकाश अधिकारीलगायत कलाकारको अभिनय रहेको छ।
यसअघि फिल्मको ‘नौ तुनाको रेल’ बोलको गीत सार्वजनिक गरिएको थियो। उक्त गीतमा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठले स्वर दिएका छन् भने गीतको शब्द हर्क साउदले लेखेका हुन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्