ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन : पहिलो दिनै प्रिन्स दाहाल स्तब्ध


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ७ : १५   बजे

काठमाडौं । लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको पहिलो दिन राष्ट्रिय नम्बर एक खेलाडी प्रिन्स दाहाल पराजित भएका छन्।

प्रतियोगिताको समूह ‘ए’ अन्तर्गतको लिग खेलमा एपीएफका दाहाललाई क्षितिज खनालले २–१ सेटले पराजित गर्दै अप्रत्याशित नतिजा निकालेका हुन्।

पहिलो सेट २१–१६ ले गुमाएका दाहालले दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २१–१३ ले जितेका थिए। निर्णायक तेस्रो सेटमा भने खनालले २१–१६ को जित निकाल्दै दाहाललाई पराजित गरे।

समूह ‘ए’ कै अर्को खेलमा नेपाल पुलिस क्लबका सुनिल जोशीले जीवन आचार्यलाई १६–२१, २१–१५, २१–१५ ले पराजित गर्दै विजयी सुरुवात गरे।

पुरुष एकलमा अन्य खेलाडीको जित

समूह ‘बी’ अन्तर्गत आर्मीका प्रफुल महर्जनले पुलिसका दीपक बोहरालाई २१–५, २१–१७ ले तथा पिस फिटनेस सेन्टरका विष्णु कटुवालले पुलिसका देवराज रानालाई २१–१७, २१–१९ ले पराजित गरे।

शीर्ष आठ वरीयताबाहेकको पुरुष एकलतर्फ कर्णालीका रमेश कामी, कस्तुरी कलेजका मिसेक छोङवाङ, आर्मीका सौर्य महर्जन र शिशिर राना, एपीएफका सुमित थोकर, आर्मीका विशाल तामाङ, पुलिसका टोपलाल कुमाल, मन्डला ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिन, आर्मीका प्रतीक बिष्ट, पुलिसका जोन जसराज, बालकुमारी रिमिक्सका सम्यक शाक्य, एपीएफका सुजन थापा, विनय चौधरी र सुनसरीका नरेन्द्र लिम्बुले आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै राउन्ड अफ ३२ मा स्थान बनाए।

महिला एकलमा सुषमा, रसिला र रिहानाको जित

महिला एकलको समूह ‘ए’ मा नेपाल पुलिसकी सुषमा श्रेष्ठले आर्मीकी अनुमाया राईलाई २१–१६, २०–२२, २१–१६ ले हराइन्।

सोही समूहमा आर्मीकी रसिला महर्जनले पुलिसकी शेष्ना श्रीपालीलाई २१–८, २१–११ को सहज जित निकालिन्।

समूह ‘बी’ मा एपीएफकी रिहाना शेरचन र नेपाल पुलिसकी निता लम्सालले विजयी सुरुवात गरे। रिहानाले सेनाकी अमिता गिरीलाई २१–१३, २१–१२ले तथा निताले सिटिजेन बैंककी नंगशल तामाङलाई २१–१६, ११–२१, २१–१७ ले पराजित गरिन्।

४८२ खेलाडीको सहभागिता

नेपाल ब्याडमिन्टन संघसँग आबद्ध ६० जिल्ला तथा तीन विभागीय टोली—नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल—का ४८२ खेलाडीप्रतियोगितामा सहभागी छन्।

साउन ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल १५ विधामा प्रतिस्पर्धा हुँदैछ।

प्रतियोगितामा शीर्ष आठ वरीयताका महिला तथा पुरुष एकल, शीर्ष आठ वरीयताबाहेकका महिला तथा पुरुष एकल, महिला तथा पुरुष खुला युगल, यू–११, यू–१५ र यू–१९ छात्र तथा छात्रा खुला एकल, ३५ वर्षमाथिको खुला युगल तथा ४५ र ५५ वर्षमाथिको मास्टर्स खुला युगल विधा समावेश छन्।

नेपाल खेलकुद महासंघको आयोजना तथा यल स्पोर्ट्स एकेडेमीको सहआयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो। प्रतियोगिताको उद्घाटन नेकपा एमालेका संगठन प्रमुख एवं पूर्वमन्त्री भानुभक्त ढकालले गरेका थिए।

राष्ट्रिय नम्बर एक प्रिन्स दाहाल पहिलो दिनमै पराजित भएपछि प्रतियोगिताको पुरुष एकलतर्फको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ। दाहालमाथि खनालको जित प्रतियोगिताको पहिलो दिनकै सबैभन्दा चर्चित नतिजामध्ये एक बनेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहदानी विभागले तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन सेवाग्राहीलाई आग्रह

मधेसको तनावबारे गृहमन्त्री र सांसदबीच छलफल, सामाजिक सञ्जालको भ्रामक सामग्री नियन्त्रणमा जोड

सम्बन्धित

टप एन्ड टी–२० का लागि नेपालको ‘ए’ टोली घोषणा, अनिलकुमार शाह कप्तान

राखेप बोर्डमा धनीराम चौधरी र ललिता नाथ मनोनीत

सन्दीप लामिछाने बने नेपाली क्रिकेट टोलीका कप्तान, रोहित पौडेल पदमुक्त

लुम्बिनी लायन्स र द नेक्स्ट कन्सलटेन्सीबीचको साझेदारी निरन्तर

शेखर थापाले जिते एसियाली आईटीएफ तेक्वान्दोमा कांस्य

१४औँ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन आजदेखि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu