ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वअर्थमन्त्री कार्कीलाई १५ लाख धरौटी


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ७ : १५   बजे

काठमाडौँ । विशेष अदालतले पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई कर छुट दिई राज्यलाई आर्थिक क्षति पुर्‍याएको आरोपमा कार्कीसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेको थियो। सोही मुद्दामा सोमबार कार्की विशेष अदालतमा थुनछेकका लागि उपस्थित भएका थिए।

न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले कार्कीलाई १५ लाख रुपैयाँ धरौटी माग गर्दै छाड्न आदेश दिएको हो।

अख्तियारले उक्त प्रकरणमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो दाबी गरेको छ। विमानस्थल निर्माणको खरिद सम्झौताविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिँदा राज्यलाई उक्त रकम बराबरको क्षति भएको अख्तियारको दाबी छ।

सम्झौताविपरीत कर छुट दिएको आरोप

अख्तियारका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएको मूल खरिद सम्झौतामा ठेकेदार कम्पनीले प्रचलित कानुनबमोजिम कर, महसुल तथा अन्य शुल्क बुझाउनुपर्ने व्यवस्था थियो।

तर सम्झौतामा भएको प्रावधानविपरीत ठेकेदार कम्पनीलाई कर छुट दिइएको र त्यसबाट राज्यलाई ठूलो आर्थिक नोक्सानी भएको अख्तियारको निष्कर्ष छ।

यस प्रक्रियामा तत्कालीन अर्थमन्त्री कार्कीसहित सम्बन्धित मन्त्रालयका सचिव तथा अन्य उच्च अधिकारी र चिनियाँ ठेकेदार कम्पनीबीच मिलेमतो भएको आरोप लगाइएको छ।

अख्तियारले कर छुटका कारण राज्यलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ नोक्सानी भएको दाबी गर्दै सोही रकम बराबरको बिगो कार्कीसहित अन्य प्रतिवादीबाट असुल गर्न माग गरेको छ।

को–को छन् प्रतिवादी ?

अख्तियारले कार्कीसहित तत्कालीन अर्थसचिव शंकरप्रसाद अधिकारी, पर्यटन सचिव महेश्वर न्यौपाने, अर्थ मन्त्रालयका तत्कालीन सहसचिव केवलप्रसाद भण्डारी, पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव सुरेश आचार्य र डण्डुराज घिमिरेलाई पनि प्रतिवादी बनाएको छ।

त्यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, पोखरा विमानस्थल आयोजनाका तत्कालीन निर्देशक प्रदीप अधिकारीलगायतलाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।

विशेष अदालतको पछिल्लो आदेशसँगै कार्की तत्कालका लागि धरौटीमा बाहिर रहने भएका छन्। मुद्दाको अन्तिम फैसला भने हुन बाँकी छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहदानी विभागले तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन सेवाग्राहीलाई आग्रह

मधेसको तनावबारे गृहमन्त्री र सांसदबीच छलफल, सामाजिक सञ्जालको भ्रामक सामग्री नियन्त्रणमा जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जनकपुरधाम–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन

राहदानी विभागले तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन सेवाग्राहीलाई आग्रह

मधेसको तनावबारे गृहमन्त्री र सांसदबीच छलफल, सामाजिक सञ्जालको भ्रामक सामग्री नियन्त्रणमा जोड

मधेसमा धार्मिक तथा साम्प्रदायिक तनाव रोक्न गृहमन्त्री गुरुङले सांसदसँग लिए सुझाव

सोलुखुम्बुको गञ्जेडाँडा हत्या प्रकरणमा थप दुई जना पक्राउ

ग्यास उद्योगको अनुगमनमा अनियमितता भेटिएपछि मोरङमा कारबाही, कोसी ग्यासलाई २ लाख ९० हजार जरिवाना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu