जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका साहको उपचारका क्रममा आज अस्पतालमा निधन भएको हो।
जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहिलाल यादवले वडाध्यक्ष साहको निधन भएको पुष्टि गरेका छन्।
उनका अनुसार साहको निधनपछि जनकपुरधाम उपमहानगरपालिकाले आज शोक बिदा घोषणा गरेको छ। शोक बिदाका कारण उपमहानगरपालिका तथा मातहतका कार्यालयमा अत्यावश्यक सेवाबाहेक अन्य नियमित कामकाज स्थगित गरिएको छ।
उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार आज कार्यालयभर शोक बिदा कायम गरिएको छ। यद्यपि अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने जनाइएको छ।
वडाध्यक्ष साहको निधनप्रति जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न राजनीतिक र सामाजिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्