ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेयर बजार सुधारका लागि छोटेलाल रौनियारका १५ बुँदे सुझाव, पुँजीगत लाभकर घटाउन माग


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ०५   बजे

काठमाडौं । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा अनुभवी लगानीकर्ता छोटेलाल रौनियारले शेयर बजार सुधारका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष १५ बुँदे सुझाव पेश गरेका छन्।

रौनियारले सेबोनका अध्यक्ष डा. गोपाल भट्टसँग भेट गरी बजारको वर्तमान अवस्था, लगानीकर्ताका समस्या तथा कारोबार विस्तारका लागि आवश्यक नीतिगत सुधारबारे सुझाव दिएका हुन्।

उनले विशेषगरी शेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर घटाउनुपर्ने माग अघि सारेका छन्।

रौनियारले शेयर खरिद गरेको एक वर्षपछि बिक्री गर्दा लाग्ने दीर्घकालीन पुँजीगत लाभकरलाई हालको ७.५ प्रतिशतबाट घटाएर ४ प्रतिशत तथा एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा लाग्ने अल्पकालीन लाभकरलाई १० प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गर्न सुझाव दिएका छन्।

यसअघि दीर्घकालीन लगानीमा ५ प्रतिशत र अल्पकालीन कारोबारमा ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्दै आएको थियो। सरकारले पछिल्लो समय यी दर बढाएर क्रमशः ७.५ र १० प्रतिशत पुर्‍याएको थियो।

रौनियारका अनुसार करको दर घटाउँदा शेयर बजारमा कारोबारको मात्रा बढ्न सक्ने र त्यसबाट सरकारको कुल राजस्वमा समेत सकारात्मक प्रभाव पर्न सक्छ।

उनले करको दर घटाएर कारोबार विस्तार गर्न सके दैनिक शेयर कारोबार १५ देखि २० अर्ब रुपैयाँसम्म पुग्न सक्ने अनुमानसमेत प्रस्तुत गरेका छन्।

बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा कारोबारको बाटो खुलाउन माग

रौनियारले बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा निर्बाध रूपमा शेयर खरिद–बिक्री गर्न सक्ने व्यवस्था मिलाउन पनि सेबोनसँग माग गरेका छन्।

हाल बैंक तथा वित्तीय संस्थाको शेयर कारोबारमा रहेको छ महिनाको अवरोध हटाउनुपर्ने उनको सुझाव छ।

उनका अनुसार संस्थागत लगानीकर्ताको सहभागिता बढाउँदा बजारमा तरलता र कारोबारको मात्रा बढ्नुका साथै बजारको गहिराइसमेत विस्तार हुन सक्छ।

रौनियारले शेयर बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउन विभिन्न नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।

उनले बजारमा लगानीकर्ताको विश्वास बढाउने, कारोबारको लागत घटाउने, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार गर्ने तथा नियामकीय प्रक्रियालाई लगानीमैत्री बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन्।

सेबोन अध्यक्ष भट्टसँगको भेटमा उनले यिनै विषय समेटेर १५ बुँदे सुझावपत्र बुझाएका हुन्।

रौनियारको प्रस्तावअनुसार पुँजीगत लाभकर घटाउने तथा संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा थप सक्रिय बनाउनेजस्ता उपाय कार्यान्वयन भए शेयर बजारमा कारोबार विस्तार हुन सक्ने र बजारको तरलता बढ्न सक्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राहदानी विभागले तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन सेवाग्राहीलाई आग्रह

मधेसको तनावबारे गृहमन्त्री र सांसदबीच छलफल, सामाजिक सञ्जालको भ्रामक सामग्री नियन्त्रणमा जोड

सम्बन्धित

जनकपुरधाम–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन

सोलुखुम्बुको गञ्जेडाँडा हत्या प्रकरणमा थप दुई जना पक्राउ

ग्यास उद्योगको अनुगमनमा अनियमितता भेटिएपछि मोरङमा कारबाही, कोसी ग्यासलाई २ लाख ९० हजार जरिवाना

भक्तपुरको सुधार केन्द्रमा एक जनाको शंकास्पद मृत्यु, पाँच जना पक्राउ

डब्लिनमा एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सुरु

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए अघि बढाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu