ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरको सुधार केन्द्रमा एक जनाको शंकास्पद मृत्यु, पाँच जना पक्राउ


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ८ : ५५   बजे

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–१, विरुवास्थित उत्साहित सुधार केन्द्रमा रहेका एक व्यक्तिको शनिबार शंकास्पद मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सुधार केन्द्रमा रहेका करिब ४४ वर्षीय उमेश खड्गीको मृत्यु भएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकका ४७ वर्षीय गौतम श्रेष्ठ, रामेछापका ३६ वर्षीय सुमन खपांगी मगर, सिन्धुपाल्चोकका ३८ वर्षीय सविन कार्की, रामेछापका अशोक तामाङ र सुर्खेतका विकास खड्कालाई पक्राउ गरेको छ।

पक्राउ परेका पाँचै जनामाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका पाँचै जनालाई भक्तपुर जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी हिरासतमा राखेको छ।

घटनाको कारण तथा मृत्युको वास्तविक अवस्था खुलिनसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र पक्राउ परेकाहरूसँग सोधपुछ तथा अन्य प्रमाण संकलनको काम भइरहेको छ।

मृतक खड्गीको शव पोस्टमार्टमका लागि पठाइएको छ। पोस्टमार्टम प्रतिवेदन प्राप्त भएपछि मृत्युको कारण तथा घटनाको प्रकृतिबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।

प्रहरीले घटनासँग सम्बन्धित अन्य पक्ष तथा सुधार केन्द्रको व्यवस्थापन र त्यहाँको गतिविधिबारे समेत आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म घटनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

वीरगन्जमा १६.५७ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

जनकपुरधाम–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन

सोलुखुम्बुको गञ्जेडाँडा हत्या प्रकरणमा थप दुई जना पक्राउ

ग्यास उद्योगको अनुगमनमा अनियमितता भेटिएपछि मोरङमा कारबाही, कोसी ग्यासलाई २ लाख ९० हजार जरिवाना

शेयर बजार सुधारका लागि छोटेलाल रौनियारका १५ बुँदे सुझाव, पुँजीगत लाभकर घटाउन माग

डब्लिनमा एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu