ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगन्जमा १६.५७ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ९ : ४५   बजे

वीरगन्ज। प्रहरीले वीरगन्जबाट १६.५७ ग्राम ब्राउनसुगरजस्तो देखिने लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णप्रणामी चोकमा लागुऔषधको खरिद–बिक्री भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र लागुऔषध नियन्त्रण ब्युरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारतको बिहार, मोतीहारी श्रीपुर ग्रामपञ्चायत–१ निवासी २५ वर्षीय शत्रुधन पासवानलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता चक्रबहादुर मल्लका अनुसार शंकास्पद रूपमा पैदल हिँडिरहेका पासवानलाई रोकेर खानतलासी गर्दा उनको पाइन्टको खल्तीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ फेला परेको थियो।

प्रहरीले उक्त पदार्थको तौल गर्दा १६.५७ ग्राम रहेको जनाएको छ। पदार्थसहित पासवानलाई नियन्त्रणमा लिएर लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिको संलग्नता, लागुऔषधको स्रोत तथा कारोबारमा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

जनकपुरधाम–६ का वडाध्यक्ष दिनेशप्रसाद साहको निधन

सोलुखुम्बुको गञ्जेडाँडा हत्या प्रकरणमा थप दुई जना पक्राउ

ग्यास उद्योगको अनुगमनमा अनियमितता भेटिएपछि मोरङमा कारबाही, कोसी ग्यासलाई २ लाख ९० हजार जरिवाना

भक्तपुरको सुधार केन्द्रमा एक जनाको शंकास्पद मृत्यु, पाँच जना पक्राउ

शेयर बजार सुधारका लागि छोटेलाल रौनियारका १५ बुँदे सुझाव, पुँजीगत लाभकर घटाउन माग

डब्लिनमा एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu