ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डब्लिनमा एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सुरु


ABC NEWS
२५ श्रावण २०८३, सोमबार   ७ : ४५   बजे

डब्लिन । आयरल्यान्डको राजधानी डब्लिनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन सोमबारदेखि सुरु भएको छ।

‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ भन्ने मुख्य नारासहित सुरु भएको सम्मेलनमा युरोपसहित विश्वका विभिन्न मुलुकबाट एनआरएनए अभियन्ता, उद्यमी, पेसाकर्मी, विज्ञ, महिला तथा युवा नेतृत्व र दोस्रो पुस्ताका गैरआवासीय नेपाली सहभागी छन्।

‘संकल्प’ नाम दिइएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता तथा प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब ३० प्रतिशत योगदान रहेको एनआरएनएका माग राज्यले तत्काल सम्बोधन गर्न नसकेको स्वीकार गर्नुभयो। उहाँले एनआरएनएले पनि अपेक्षाअनुसार देखिने गरी ठोस काम गर्न नसकेको टिप्पणी गर्नुभयो।

उद्घाटन कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडी र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदीको समेत सहभागिता थियो। उहाँहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गर्नुभएको हो।

दुई दिनसम्म चल्ने सम्मेलनको अध्यक्षता एनआरएनए युरोप संयोजक रोबोट लिम्बूले गरिरहनुभएको छ। आयोजकका अनुसार सम्मेलनमा विभिन्न देशबाट करिब २ सय प्रतिनिधि सहभागी छन्।

सम्मेलनमा गैरआवासीय नेपाली नागरिकता तथा अधिकार, नेपालमा लगानी, सुरक्षित आप्रवासन, श्रम तथा आर्थिक कूटनीति, महिला सशक्तीकरण, युवा तथा दोस्रो पुस्ताको सहभागिता र ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणलगायत विषयमा छलफल हुँदैछ।

डब्लिनस्थित रेडिसन ब्लू रोयल होटलमा भइरहेको सम्मेलनमा १० वटा विषयगत सत्र सञ्चालन हुनेछन्। सन् २०३० र त्यसपछिका वर्षमा विश्वभर रहेका नेपाली डायस्पोराको भूमिका तथा नेपालको विकासमा उनीहरूको साझेदारीका लागि साझा मार्गचित्र निर्माण गर्दै सम्मेलनले ‘डब्लिन घोषणापत्र’ जारी गर्ने आयोजकले जनाएको छ।

यसअघि एनआरएनएको १६औँ युरोप क्षेत्रीय सम्मेलन सन् २०२५ मार्च २८ देखि ३० सम्म माल्टामा आयोजना भएको थियो।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशी सरकारमा एमाले–नेकपाबीच चारबुँदे सहमति, मन्त्रालय बाँडफाँट मंगलबार टुंग्याइने

भदौ १५ सम्म १८ वर्ष पुगेकालाई मतदाता नामावलीमा समावेश गरिने

सम्बन्धित

भक्तपुरको सुधार केन्द्रमा एक जनाको शंकास्पद मृत्यु, पाँच जना पक्राउ

शेयर बजार सुधारका लागि छोटेलाल रौनियारका १५ बुँदे सुझाव, पुँजीगत लाभकर घटाउन माग

१० मेगावाटमुनिका जलविद्युत् आयोजनाको पीपीए अघि बढाउने तयारी

सालको पातबाट दुनाटपरी बनाउँदै कञ्चनपुरका महिला, गाउँमै रोजगारी र आम्दानी

एनसेल लगानीकर्तामाथि धरपकडले लगानीको वातावरणमा प्रश्न उठायो : डिल्लीराम श्रेष्ठ

सिटौलाको असन्तुष्टि : ‘गलत बाटोबाट कांग्रेस कब्जा गर्ने प्रयास भयो’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu