ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा बैठक आज, खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुने


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ६ : ३५   बजे

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

संघीय संसद् सचिवालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावना छ।

खानी तथा खनिज पदार्थको उत्खनन, व्यवस्थापन तथा उपयोगसँग सम्बन्धित कानुनी व्यवस्थालाई व्यवस्थित गर्ने उद्देश्यले विधेयक अघि बढाइएको हो।

दुई संसदीय समितिको बैठक पनि बस्दै

प्रतिनिधिसभाको बैठकसँगै आज दुईवटा संसदीय समितिको बैठक पनि बस्ने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजे सार्वजनिक लेखा समितिको बैठक बस्नेछ। बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका घटनाका कारण जलेका स्रेस्ता तथा अभिलेखसम्बन्धी विषयमा छलफल गरिनेछ।

यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि आज बस्ने कार्यसूची रहेको छ। उक्त समितिको बैठकमा छलफल हुने विषय भने सचिवालयले सार्वजनिक गरेको छैन।

प्रतिनिधिसभाको आजको बैठकमा विधेयकमाथिको प्रारम्भिक छलफलसँगै समसामयिक संसदीय विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

बागलुङमा नदीजन्य विपद्को उद्धारका लागि ७ लाखभन्दा बढीको सामग्री हस्तान्तरण

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

इरानी राष्ट्रपति र सर्वोच्च नेताबीच सात घण्टा छलफल, एकतामा जोड

धौलागिरि प्रादेशिक अस्पतालमा गर्भवतीलाई एकपटक निःशुल्क भिडियो एक्सरे

बागलुङमा नदीजन्य विपद्को उद्धारका लागि ७ लाखभन्दा बढीको सामग्री हस्तान्तरण

आजदेखि नाइमा मोबिलिटी एक्स्पो, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

Russian Court Bans Anti-War Party Ahead of Parliamentary Elections

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu