ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि नाइमा मोबिलिटी एक्स्पो, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ८ : ०५   बजे

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो २०८३ आजदेखि काठमाडौंमा सुरु हुँदैछ। एक्स्पो साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ।

नाइमाका अनुसार यस वर्षको एक्स्पो गत वर्षको तुलनामा थप भव्य र विस्तृत हुनेछ। प्रदर्शनीमा ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदैछन् भने ५१ वटा स्टल रहनेछन्। एक्स्पोमा ४० भन्दा बढी नयाँ उत्पादन सार्वजनिक तथा लन्च गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनसँगै व्यावसायिक सवारी, विद्युतीय तथा हाइब्रिड मोबिलिटी समाधान, अटोमोबाइल प्रविधि, सेवा र मोबिलिटीसँग सम्बन्धित विभिन्न उत्पादन प्रदर्शनीमा राखिनेछन्।

कुन–कुन ब्रान्ड सहभागी हुँदैछन्?

नाइमा मोबिलिटी एक्स्पोमा दुईपाङ्ग्रे सवारीतर्फ बजाज, होन्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूज, बगाउस, अल्ट्राभ्वाइलेट, केरेन, गारो, सीएफमोटो, ट्रायम्फ र जेएक्स मोटोसाइकल्सलगायतका ब्रान्ड सहभागी हुनेछन्।

एक्स्पोमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र पछिल्लो पुस्ताका मोबिलिटी समाधानलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

घारखोला जलविद्युत् आयोजनामा पहिरो : एक जनाको मृत्यु, एक घाइते

सम्बन्धित

दूधकोशी जलाशययुक्त आयोजनामा एडीबीको लगानी अघि बढ्ने संकेत, वित्तीय व्यवस्थापन अन्तिम चरणमा

बैंकमा १३ खर्बभन्दा बढी तरलता, लगानीको वातावरणप्रति व्यवसायी अझै विश्वस्त छैनन्

अण्डाको समर्थन मूल्य बढ्यो, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ

निद्रा नआएको अनुभूति सधैँ वास्तविक नहुन सक्छ : जैविक घडीले बढाउन सक्छ चिन्ता

धौलागिरि प्रादेशिक अस्पतालमा गर्भवतीलाई एकपटक निःशुल्क भिडियो एक्सरे

पूर्ण अपाङ्गता भएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu