ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अण्डाको समर्थन मूल्य बढ्यो, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ८ : ५५   बजे

चितवन । अण्डाको माग बढेसँगै नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको छ।

बर्डफ्लुको संक्रमण नियन्त्रणमा आए पनि कुखुराको उत्पादन घटेकाले बजारमा अण्डाको माग बढेको र सोही आधारमा समर्थन मूल्य वृद्धि गरिएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

संघका अनुसार एक्सएल अण्डाको समर्थन मूल्य प्रतिक्रेट (३० वटा) ५६० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५०० रुपैयाँ र सानो अण्डाको प्रतिपेटी (सात क्रेट) ३ हजार रुपैयाँ समर्थन मूल्य तोकिएको छ।

फार्महरूले उपलब्ध गराएको मूल्यका आधारमा समर्थन मूल्य निर्धारण गरिएको संघले जनाएको छ।

अध्यक्ष पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण हटे पनि त्यस क्रममा ठूलो संख्यामा कुखुरा मरेका कारण उत्पादन घटेको छ। उत्पादन घटेसँगै बजारमा अण्डाको माग बढेको उनको भनाइ छ।

तर, माग बढे पनि किसानले उत्पादन लागतअनुसार मूल्य पाउन नसकेको पोखरेलले बताए। उनका अनुसार अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ। यस हिसाबले एक क्रेट अण्डाको लागत करिब ५७३ रुपैयाँ ६० पैसा पुग्छ।

बर्डफ्लुले किसानलाई ठूलो क्षति

बर्डफ्लुका कारण ठूलो क्षति व्यहोर्नुपरेको र उत्पादन लागतअनुसार अण्डाको मूल्य नपाउँदा किसानहरू पछिल्ला केही वर्षदेखि कुखुरापालन व्यवसायबाट पलायन हुन थालेको अध्यक्ष पोखरेलले बताए।

रोगको संक्रमण, उत्पादनमा आएको कमी र बजार मूल्यमा हुने उतारचढावका कारण किसान बैंक ऋणमा निर्भर हुनुपर्ने अवस्था आएको उनको भनाइ छ।

बर्डफ्लुका कारण कतिपय किसानका कुखुरा मरेका थिए भने अण्डाले उचित मूल्य नपाउँदा थप आर्थिक क्षति व्यहोर्नुपरेको संघले जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

कपिलवस्तुमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सम्बन्धित

झापा इनर्जीको १० मेगावाट सौर्य आयोजनाबाट पुनः पूर्ण क्षमतामा विद्युत् उत्पादन

डिजिटल बन्दै बैंकिङ कारोबार, साइबर सुरक्षाको चुनौती बढ्दो

दूधकोशी जलाशययुक्त आयोजनामा एडीबीको लगानी अघि बढ्ने संकेत, वित्तीय व्यवस्थापन अन्तिम चरणमा

बैंकमा १३ खर्बभन्दा बढी तरलता, लगानीको वातावरणप्रति व्यवसायी अझै विश्वस्त छैनन्

निद्रा नआएको अनुभूति सधैँ वास्तविक नहुन सक्छ : जैविक घडीले बढाउन सक्छ चिन्ता

धौलागिरि प्रादेशिक अस्पतालमा गर्भवतीलाई एकपटक निःशुल्क भिडियो एक्सरे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu