काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
बैठकमा विभिन्न सरकारी नियुक्ति तथा समसामयिक विषयमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ।
मन्त्रिपरिषद् बैठकमा केही महत्वपूर्ण सरकारी पदमा नयाँ नियुक्तिको प्रस्ताव पेस हुन सक्ने स्रोतले जनाएको छ। त्यस्तै, पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएका प्राकृतिक विपद् तथा त्यसको व्यवस्थापनका विषयमा समेत छलफल हुने सम्भावना छ।
बैठकले सरकारी नियुक्ति, विपद् व्यवस्थापनलगायत समसामयिक विषयमा महत्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्