ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली करिडोर : विकासको बाटो कि यात्रुको सास्ती र जोखिम?


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १ : ५५   बजे

कालीकोट । कर्णाली प्रदेशलाई राष्ट्रिय राजमार्ग सञ्जालसँग जोड्दै चीनको उत्तरी नाकासम्म पुर्‍याउने महत्वाकांक्षी परियोजना ‘कर्णाली करिडोर’निर्माण सुरु भएको वर्षौँ बितिसकेको छ। तर सडक निर्माण र स्तरोन्नतिमा भइरहेको ढिलाइका कारण यो मार्ग स्थानीय बासिन्दाका लागि सुविधाभन्दा बढी सास्ती, जोखिम र आर्थिक बोझको कारण बनेको छ।

सुर्खेत, कालीकोट, बाजुरा र मुगु हुँदै हुम्लाको सिमकोट र हिल्सासम्म जोडिने यो सडक कर्णालीको आर्थिक तथा रणनीतिक विकासका लागि महत्वपूर्ण मानिन्छ। तर सडकको दुरवस्था, पुलको अभाव र वर्षायाममा हुने पहिरोका कारण करिडोरमा यात्रा अझै जोखिमपूर्ण छ।

विशेषगरी वर्षा सुरु भएपछि कर्णाली करिडोरका विभिन्न खण्डमा यातायात अवरुद्ध हुने गरेको छ। कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको सडकखण्डमा धेरै ठाउँमा पक्की पुल निर्माण हुन सकेको छैन। कतै हिलोका कारण सवारीसाधन फस्ने गरेका छन् भने कतै चट्टानी भीरबाट पहिरो खस्दा सडक अवरुद्ध हुने गरेको छ।

कालीकोटको फुगाढ खोलामा निर्माण गरिएको बेलिब्रिज पाँच वर्षअघि बाढीले बगाएपछि हालसम्म त्यहाँ स्थायी पुल निर्माण हुन सकेको छैन। पुलको अभावमा वर्षायाममा खोलाबाट सवारीसाधन वारपार गराउन यात्रु तथा चालकले जोखिम मोल्नुपर्ने अवस्था छ।

हिउँदमा सडकमा उड्ने धुलो र वर्षायाममा हिलो तथा पहिरो यहाँका नागरिकका लागि नियमित समस्या बनेका छन्। फुगाढ खोला, रकु खोला लगायतका दर्जनौँ खोलामा पुल नहुँदा कालीकोट, बाजुरा हुँदै हुम्लातर्फ यात्रा गर्ने नागरिकले पटकपटक सवारीसाधन परिवर्तन गर्नुपर्ने बाध्यता छ।

सुर्खेतका शुशिल खड्का कामका सिलसिलामा पलाँता पुगेका थिए। उनका अनुसार सडकको अवस्थाका कारण एक सातासम्म काम प्रभावित भयो। सामान्य वर्षा हुँदा पनि चट्टानी भीरबाट पहिरो खस्ने र सडकमा हिलो जम्ने भएकाले लामो समयसम्म यातायात अवरुद्ध हुने गरेको उनको भनाइ छ।

सडकको दुरवस्थाको प्रत्यक्ष असर यातायात भाडामा पनि परेको छ। स्थानीयका अनुसार बाटो बिग्रिएको बहाना बनाउँदै जिप तथा ट्र्याक्टर सञ्चालकले तोकिएकोभन्दा तेब्बरसम्म भाडा लिने गरेका छन्। यसले दुर्गम क्षेत्रका नागरिकको दैनिक जीवनयापन थप महँगो बनाएको छ।

कालीकोटको पचालझरनाका स्थानीय प्रकाश शाहीका अनुसार पचालझरनाबाट मान्मसम्मको भाडा अहिले १ हजार ५ सय रुपैयाँसम्म पुग्ने गरेको छ। यसअघि सोही दूरीमा करिब ८ सय रुपैयाँ भाडा लाग्ने गरेको थियो। इन्धनको मूल्य वृद्धि र सडकको खराब अवस्थालाई कारण देखाउँदै व्यवसायीले भाडा बढाउने गरेको स्थानीयको गुनासो छ।

सबैभन्दा ठूलो समस्या बिरामी तथा आकस्मिक सेवामा देखिएको छ। सडकको खराब अवस्थाका कारण कतिपय स्थानमा एम्बुलेन्ससमेत सहज रूपमा पुग्न नसक्दा बिरामीलाई स्टेचरमा बोकेर लैजानुपर्ने अवस्था छ। समयमै उपचारका लागि अस्पताल पुर्‍याउन नसक्दा बाटोमै ज्यान गुमाउने घटना पनि हुने गरेका छन्।

कर्णाली करिडोरका विभिन्न नदी तथा खोलामा बेलिब्रिज र पक्की पुल निर्माण हुन नसक्दा कालीकोट र बाजुराका धेरै क्षेत्रमा यात्रुले बीच बाटोमै गाडी परिवर्तन गर्नुपर्ने अवस्था छ। यसले यात्राको समय र खर्च दुवै बढाएको छ।

सडक आयोजना प्रमुख बेलबहादुर नेपालीका अनुसार करिडोरअन्तर्गत नौ वटा पुल निर्माणको योजना रहेकामा तीन वटा पुलको निर्माण तत्काल सुरु गर्ने तयारी छ। तर ठेक्का प्रक्रिया अघि बढिसकेका कतिपय पुलको निर्माण लागत अनुमान, प्रतिवेदन तथा अन्य प्राविधिक प्रक्रियाका कारण ढिलो भइरहेको छ।

नेपाली सेनाले कठिन चट्टान फुटाउँदै सडकको ट्र्याक खोलेर सडक विभागलाई हस्तान्तरण गरे पनि त्यसपछि गर्नुपर्ने स्तरोन्नति, कालोपत्रे, नाली निर्माण तथा सडक सुरक्षाका लागि पर्खाल निर्माणको काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

करोडौँ रुपैयाँ बजेट विनियोजन भए पनि निर्माण व्यवसायीको ढिलासुस्ती र सम्बन्धित निकायको कमजोर अनुगमनका कारण आयोजनाको गति सुस्त बनेको स्थानीयको आरोप छ। कर्णाली करिडोर केवल एउटा सडक आयोजना मात्र होइन, कर्णालीका नागरिकको आर्थिक, सामाजिक र रणनीतिक भविष्यसँग जोडिएको पूर्वाधार हो।

करिडोर निर्माण सम्पन्न भएमा कर्णालीका उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सहज हुने, पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने तथा चीनसँगको व्यापारिक सम्बन्ध विस्तार हुने अपेक्षा गरिएको छ। तर सडक नै वर्षायाममा पटकपटक अवरुद्ध हुने र पुलका कारण यात्रु जोखिममा पर्ने अवस्था कायम रहेसम्म यसको सम्भावना पूर्ण रूपमा उपयोग गर्न कठिन हुनेछ।

त्यसैले कर्णाली करिडोरलाई सामान्य सडक आयोजनाका रूपमा मात्र नभई कर्णालीको जीवनरेखा र राष्ट्रिय रणनीतिक पूर्वाधारका रूपमा प्राथमिकता दिन आवश्यक छ। निर्माणमा भइरहेको ढिलाइ हटाउने, ठेकेदारको प्रभावकारी अनुगमन गर्ने, जोखिमयुक्त खण्डमा तत्काल संरक्षणका काम गर्ने तथा पुल निर्माणलाई तीव्रता दिने हो भने मात्रै यो करिडोर कर्णालीवासीका लागि विकासको वास्तविक बाटो बन्न सक्छ। अन्यथा, वर्षौँदेखि नागरिकले भोग्दै आएको धुलो, हिलो, पहिरो, महँगो भाडा र यात्राको जोखिम अझै लामो समय कायम रहनेछ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधि सभामा सांसदद्वारा सुशासनदेखि सडक, ग्यास अभाव र युवाका मुद्दासम्म सरकारको ध्यानाकर्षण

कांग्रेस महाधिवेशन रोक्न शशांक कोइरालाको माग, गगन थापालाई पत्र

सम्बन्धित

कर्णाली प्रदेशसभा बैठक स्थगित, भदौ २ गते बस्ने

कर्णालीमा पर्यटन व्यवसायप्रति बढ्दो आकर्षण, ट्राभल एजेन्सी र रिभर गाइड थपिँदै

कर्णाली प्रदेश रंगशालामा अत्याधुनिक पौडी पोखरी निर्माण सम्पन्न, खेलाडीलाई नियमित प्रशिक्षणमा सहज

जुम्लामा ग्यासको हाहाकार, एउटा सिलिन्डरका लागि घण्टौँ लाइन

काँडाले रोक्दैन अब टिमुरको व्यावसायिक यात्रा : किसानका लागि बन्यो ‘टिमुर टिप्ने औजार’

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu