सुर्खेत । कर्णाली प्रदेशसभाको मंगलबारका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको छ। प्रदेशसभा सचिवालयले अर्को बैठक भदौ २ गते दिउँसो ३ बजे बस्ने गरी नयाँ मिति निर्धारण गरेको छ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा निर्धारित दिन र समयमा बैठक बस्न नसक्ने भएकाले बैठकको मिति परिवर्तन गरिएको उल्लेख छ। बैठक स्थगित गर्नुको विशेष कारण भने सचिवालयले खुलाएको छैन।
यसअघि कर्णाली प्रदेशसभा नियमावली, २०८१ को नियम ६ को उपनियम (२) र (३) बमोजिम सभामुख नन्दा गुरुङले मंगलबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गर्नुभएको थियो।
प्रदेशसभा सचिवालयका सचिव डा. अर्जुनकुमार खड्काद्वारा जारी सूचनाअनुसार सभामुख गुरुङले अब भदौ २ गते दिउँसो ३ बजे बैठक बस्ने गरी नयाँ मिति तोक्नुभएको छ।
बैठक आह्वान
प्रदेशसभा नियमावलीअनुसार सभामुखले प्रदेशसभा बैठक आह्वान तथा स्थगन गर्ने व्यवस्था छ। सोहीअनुसार सचिवालयले मंगलबारको बैठक स्थगित भएको जानकारी दिँदै आगामी बैठकको नयाँ मिति सार्वजनिक गरेको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्