ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शुल्क अब नगदरहित प्रणालीबाट तिर्न सकिने


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ५ : ३५   बजे

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक लिमिटेडबीच नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा लाग्ने प्रवेश तथा उपभोग शुल्क नगदरहित प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने सम्बन्धमा सम्झौता भएको छ।

सम्झौतामा महासंघका तर्फबाट राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गर्नुभएको छ।

सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ। त्यस्तै, ट्रक तथा अन्य व्यवसायीले क्यूआर कोडमार्फत सहज रूपमा शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था गरिनेछ।

नगदरहित प्रणाली लागू भएपछि सुरुङमार्ग प्रयोग गर्ने व्यवसायीले नगद बोकेर शुल्क तिर्नुपर्ने बाध्यता हट्नेछ। यसले भुक्तानी प्रक्रिया थप सहज, छरितो र पारदर्शी हुने अपेक्षा गरिएको छ।

सरकारले यसअघि नै सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा चल्ने सवारीसाधनबाट उपभोग शुल्क लिने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सम्बन्धित मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न सवारीसाधनका लागि प्रवेश तथा बाहिरिने शुल्क निर्धारण गरेको हो।

कुन सवारीसाधनलाई कति शुल्क?

निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले सुरुङमार्ग प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।

मल्टी एक्सल ट्रक, अन्य भारी सवारीसाधन तथा भारी उपकरणका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ।

सवारीसाधन प्रवेश शुल्क बाहिरिने शुल्क
कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा हलुका सवारी रु. ६५ रु. ६०
मिनी बस तथा मिनी टिपर/ट्रक रु. ११५ रु. ८०
बस तथा सिंगल रियर एक्सल ट्रक रु. २६० रु. २००
मल्टी एक्सल ट्रक तथा भारी सवारी/उपकरण रु. ६०० रु. २५०

व्यवसायीलाई सहज हुने विश्वास

नगदरहित भुक्तानी प्रणाली लागू भएपछि विशेषगरी नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारीसाधन व्यवसायीलाई शुल्क भुक्तानीमा सहज हुने महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले बताउनुभयो।

आरएफआईडी तथा क्यूआर कोडमा आधारित भुक्तानी प्रणालीले शुल्क तिर्न लाग्ने समय घटाउनुका साथै कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिटमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ

प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको भारत भ्रमणको निम्ता

सम्बन्धित

लालबकैया खोलामा तीन बालबालिका बेपत्ता

काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय खोल्न सरकारको सहमति

आईपीएल खेलाडी अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ

कयर खोला किनारमा ६८ वर्षीय पुरुष मृत फेला

शेयर बजारमा सामान्य वृद्धि, नेप्से ०.७९ अंकले बढ्यो

ग्लोबल आईएमई बैंकको गाडी कर्जामा विशेष छुट, ब्याजदर ५.२५ प्रतिशतबाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu