ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय खोल्न सरकारको सहमति


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   ५ : ३५   बजे

काठमाडौं । नेपाल सरकारले पोर्चुगललाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति प्रदान गरेको छ। मंगलबार (साउन २६ गते) बसेको मन्त्रिपरिषद्को बैठकले पोर्चुगललाई काउन्सिलर कार्यालय खोल्न अनुमति दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनिएको छ, “पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने।”

पछिल्लो समय अध्ययन तथा वैदेशिक रोजगारीका लागि नेपालीहरूका लागि पोर्चुगल आकर्षक गन्तव्य बन्दै गएको छ। पोर्चुगलमा ७० हजारभन्दा बढी नेपाली रहेको अनुमान छ।

हाल नेपालमा पोर्चुगलको दूतावास छैन। त्यसकारण पोर्चुगल जान चाहने नेपालीले भिसालगायतका कन्सुलर सेवाका लागि भारतको नयाँ दिल्लीस्थित पोर्चुगलको दूतावासमा पुग्नुपर्ने बाध्यता रहँदै आएको छ। काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना भएपछि नेपालीले कन्सुलर सेवा लिन भारत जानुपर्ने झन्झट कम हुने अपेक्षा गरिएको छ।

अप्रिलमै भएको थियो कार्यालय खोल्ने घोषणा

परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १ अप्रिल २०२६ मा पोर्चुगलका विदेशमन्त्री पाउलो रंगेलसँग टेलिफोन वार्ता गर्नुभएको थियो। उक्त वार्ताका क्रममा पोर्चुगलका विदेशमन्त्री रंगेलले काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्ने घोषणा गर्नुभएको थियो।

त्यसपछि २९ अप्रिलदेखि १ मे २०२६ सम्म नेपाल भ्रमणमा आउनुभएकी पोर्चुगलकी उपविदेशमन्त्री डा. आना इसाबेल जेभियरले काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउनुभएको थियो।

उपविदेशमन्त्री जेभियरसँगको भेटमा परराष्ट्रमन्त्री खनालले काउन्सिलर कार्यालय स्थापना गर्न नेपाल सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै काठमाडौंमा पोर्चुगलको काउन्सिलर कार्यालय स्थापना गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सार्वजनिक खरिद ऐन संशोधनविरुद्धको रिटमा बुधबार संवैधानिक इजलासमा सुनुवाइ

प्रधानमन्त्री बालेनलाई भारतीय प्रधानमन्त्री मोदीको भारत भ्रमणको निम्ता

सम्बन्धित

लालबकैया खोलामा तीन बालबालिका बेपत्ता

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको शुल्क अब नगदरहित प्रणालीबाट तिर्न सकिने

आईपीएल खेलाडी अभिषेक पोरेल बलात्कार आरोपमा पक्राउ

कयर खोला किनारमा ६८ वर्षीय पुरुष मृत फेला

शेयर बजारमा सामान्य वृद्धि, नेप्से ०.७९ अंकले बढ्यो

ग्लोबल आईएमई बैंकको गाडी कर्जामा विशेष छुट, ब्याजदर ५.२५ प्रतिशतबाट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu