काठमाडौं । सरकारले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
सरकारका अनुसार सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहाका गणेशकुमार यादव रहेका छन्।
मन्त्रिपरिषद्को निर्णयसँगै प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनाले औपचारिक रूपमा सहिदको मान्यता पाउने भएका छन्।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्