ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनन्त र एरिकको फोर्टिस एफसी एएफसी च्यालेन्ज लिगको समूह चरणमा


ABC NEWS
२६ श्रावण २०८३, मंगलबार   १० : १५   बजे

काठमाडौं । नेपाली खेलाडी अनन्त तामाङ र एरिक विष्ट आबद्ध बंगलादेशी क्लब फोर्टिस एफसीले एएफसी च्यालेन्ज लिगको समूह चरणमा स्थान सुरक्षित गरेको छ।

बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा भएको छनोट खेलमा फोर्टिसले कीर्गिस्तानको मुरास युनाइटेडलाई १–० गोलले पराजित गर्दै समूह चरणमा स्थान पक्का गरेको हो।

फोर्टिसको जितमा विंगर मोहम्मद इब्राहिमले खेलको ५२औँ मिनेटमा निर्णायक गोल गरे।

नेपाली राष्ट्रिय टोलीका खेलाडी अनन्त तामाङ र एरिक विष्ट दुवै फोर्टिसको सुरुवाती ११ मा परेका थिए।

गत सिजन बंगलादेश प्रिमियर लिगमा तेस्रो स्थान हासिल गरेको फोर्टिसले एएफसी क्लब लाइसेन्सिङका आवश्यक मापदण्ड पूरा गरेपछि पहिलोपटक एएफसी प्रतियोगिता खेल्ने अवसर पाएको हो।

फोर्टिसले छनोट पार गरेसँगै नेपाली खेलाडी अनन्त र एरिकका लागि पनि एएफसी च्यालेन्ज लिगको समूह चरणमा खेल्ने अवसर सिर्जना भएको छ।

एएफसी च्यालेन्ज लिगको समूह चरणको ड्र अर्को साता हुने बताइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

यस वर्षकै उच्च विन्दुमा काठमाडौंको तापक्रम, ३२.३ डिग्री सेल्सियस

प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगी स्थगित

सम्बन्धित

युरोपमा नेपाली टी–१० क्रिकेट, विजेतालाई ५ हजार ५५५ युरो

एसियाडका लागि नेपाली क्रिकेट टोली घोषणा, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा १५ सदस्यीय टोली

एसियाडमा एथ्लेटिक्सबाट पदकको आशा, ६ खेलाडी मैदानमा उत्रिँदै

लिभरपुलमा बार्सिलोनाका अराउजो, एक सिजन लोनमा अनुबन्ध

आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट

क्यानद्वारा पूर्वकप्तान रोहित पौडेललाई धन्यवाद, सन्दीपको नेतृत्वमा प्रिमियर कप खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu