ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती सेवामा राजीनामाको लहर, सचिवदेखि खरिदारसम्म कर्मचारी बाहिरिँदै


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ७ : ०५   बजे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि निजामती सेवामा कर्मचारीको राजीनामा दिने क्रम बढेको छ। सरकारको प्रस्तावित नीति, सेवा संरचना र अवकाशसम्बन्धी व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सचिवदेखि खरिदार तहसम्मका कर्मचारीले राजीनामा दिन थालेका हुन्।

मंगलबार मात्रै सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. कमलप्रसाद पोखरेल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारीले राजीनामा दिएका छन्। उनीहरूको राजीनामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

साउन १३ गते मात्रै सञ्चार मन्त्रालयमा सरुवा भएका पोखरेलले दुई सातामै राजीनामा दिएका हुन्। उनको सेवा अवधि अझै एक वर्षभन्दा बढी बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएका पोखरेल सरुवाप्रति असन्तुष्ट रहेको बताइएको छ।

अर्का सचिव अधिकारी भने आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जाने तयारीमा थिए।

अवकाशसम्बन्धी प्रस्तावले बढायो असन्तुष्टि

सरकारले ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अघि बढाएपछि कर्मचारीमा असन्तुष्टि बढेको बताइएको छ।

यसबीच करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव तथा ठूलो संख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएको विवरण राष्ट्रिय किताबखानाको अभिलेखमा रहेको जनाइएको छ।

यसअघि सहसचिव तहसम्मका कर्मचारीले राजीनामा दिने क्रम देखिए पनि मंगलबार दुई सचिवले समेत राजीनामा दिएपछि निजामती सेवाभित्रको असन्तुष्टि उच्च तहसम्म पुगेको संकेत देखिएको छ।

सरकारको नीति र कर्मचारीको भविष्यबीच तनाव

प्रस्तावित अवकाश व्यवस्थाले लामो समयदेखि सरकारी सेवामा कार्यरत कर्मचारीको करिअर, पेन्सन तथा सेवा सुविधामा प्रत्यक्ष प्रभाव पार्ने भन्दै कर्मचारी वृत्तमा चिन्ता बढेको छ। अर्कोतर्फ, सरकारले निजामती प्रशासनलाई चुस्त, प्रतिस्पर्धी र परिणाममुखी बनाउने उद्देश्यले सेवा संरचनामा पुनरावलोकन आवश्यक रहेको बताउँदै आएको छ।

तर, कर्मचारीको ठूलो संख्यामा राजीनामा आउन थालेमा अनुभवी जनशक्ति बाहिरिने र त्यसको असर सरकारी सेवा प्रवाहमा पर्न सक्ने जोखिमसमेत देखिएको छ।

सचिव तहकै कर्मचारीले छोटो समयमै राजीनामा दिन थालेको पछिल्लो घटनाले सरकार र स्थायी प्रशासनबीच नीति, सरुवा तथा सेवा–सर्तका विषयमा समन्वयको चुनौती थपिएको संकेत गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

चितुवा नियन्त्रणका लागि चितवनमा थर्मल ड्रोन र क्यामेरा प्रयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

DR Congo Ebola Outbreak Surpasses 2,000 Deaths Amid Accelerating Spread

ट्रम्पको कम्पनी टीएमटीजीलाई दोस्रो त्रैमासिकमा २३८ मिलियन डलर घाटा

Iran Maintains Demands for Hormuz Reopening Amid Regional Tensions

Drone Attack Targets Libya’s Largest Oil Refinery

जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु

अर्थमन्त्री वाग्ले पहिलोपटक गृहजिल्ला तनहुँ जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu