ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै दिन पाँच ठाउँमा चोरी गरेको आरोपमा ललितपुरमा युवक पक्राउ


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : ३५   बजे

ललितपुर । एकै दिन ललितपुरका पाँच ठाउँमा चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१४ ठैब बस्ने ३३ वर्षीय सुरज महर्जन छन्।

प्रहरीका अनुसार साउन २२ गते बिहान करिब ८ बजे ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित रिना महर्जनको घरमा चोरी भएको थियो। घटनापछि प्रहरीले आसपासका सीसीटीभी फुटेजका आधारमा चोरीमा संलग्न व्यक्तिको खोजी थालेको थियो।

खोजीका क्रममा प्रहरी वृत्त सातदोबाटोको टोलीले बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा महर्जनलाई पक्राउ गरेको हो। उनको शरीर खानतलासी गर्दा ‘सीएटी’ लेखिएको कालो झोलाभित्र सुनचाँदीका गरगहनालगायत चोरीका सामान फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महर्जनले सोही दिन पाँच स्थानमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

के–के बरामद भयो ?

महर्जनको साथबाट सुनजस्तो देखिने धातुका गरगहना, चाँदीजस्तो देखिने गरगहना, हवाईट गोल्ड तथा डायमण्डजस्तो देखिने औँठी, सिक्का र नगद बरामद भएको प्रहरीले जनाएको छ।

बरामद सामग्रीमा नौगेडी, हार, झुम्का, औँठी, सिक्री, तिलहरी, चुरा तथा बालालगायतका गरगहना छन्। यस्तै, चाँदीजस्तो देखिने तीनवटा औँठी, चाबी झुन्ड्याउने रिङ, हार, हनुमानको लकेटसहितको सिक्री, ब्रासलेट र पाउजु पनि बरामद भएको छ।

प्रहरीले नगद ११ हजार ३९० रुपैयाँ, पुराना तथा नयाँ सिक्का र दुईवटा महिला झोलासमेत बरामद गरेको छ।

महर्जनलाई चोरी मुद्दामा पक्राउ गरी ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ

सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा पति पक्राउ

बागलुङमा चक्कु प्रहारबाट मजदुरको हत्या, एक जना पक्राउ

‘लागूऔषधविरुद्ध हाम्रो दौड’ : सर्लाहीमा युवाको जनचेतनामूलक दौड

अर्थमन्त्री वाग्ले पहिलोपटक गृहजिल्ला तनहुँ जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu