ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ९ : ४५   बजे

रसुवा । जिल्ला प्रहरी कार्यालय रसुवाले भालुको खुट्टासहित दुई जनालाई पक्राउ गरेको छ। गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चेस्थित पासाङ ल्हामु राजमार्गबाट उनीहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा आमाछोदिङ्मो गाउँपालिका–५ का २९ वर्षीय गोम्बो तामाङ र वडा नम्बर ३ का २४ वर्षीय तोप्देन तामाङ रहेका छन्। प्रहरीका अनुसार मंगलबार गत्लाङबाट त्रिशूलीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७८३ नम्बरको टिपर जाँच गर्ने क्रममा भालुको खुट्टा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाका अनुसार टिपरको हाइड्रोलिक पाइपमुनि रातो डोरीले बाँधेर राखिएको अवस्थामा भालुको खुट्टा बरामद गरिएको थियो।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि लाङटाङ राष्ट्रिय निकुञ्जको धुन्चे कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

भालुको खुट्टा कहाँबाट र कसरी प्राप्त भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। वन्यजन्तुको अवैध शिकार तथा ओसारपसारको सम्भावनासमेतलाई ध्यानमा राखेर निकुञ्जले घटनाबारे थप अनुसन्धान अघि बढाउने जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

चार जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा पति पक्राउ

बागलुङमा चक्कु प्रहारबाट मजदुरको हत्या, एक जना पक्राउ

‘लागूऔषधविरुद्ध हाम्रो दौड’ : सर्लाहीमा युवाको जनचेतनामूलक दौड

अर्थमन्त्री वाग्ले पहिलोपटक गृहजिल्ला तनहुँ जाँदै

एकै दिन पाँच ठाउँमा चोरी गरेको आरोपमा ललितपुरमा युवक पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu