ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पको कम्पनी टीएमटीजीलाई दोस्रो त्रैमासिकमा २३८ मिलियन डलर घाटा


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ८ : ४५   बजे

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको स्वामित्वमा रहेको ‘ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप’ (टीएमटीजी)ले सन् २०२६ को दोस्रो त्रैमासिकमा २३८.१ मिलियन डलर घाटा व्यहोरेको छ।

अप्रिलदेखि जुनसम्म कम्पनीको कुल आम्दानी १.७ मिलियन डलर मात्र रहेको छ। जनवरीदेखि जुनसम्म टीएमटीजीको खुद नोक्सानी करिब ६४४ मिलियन डलर पुगेको छ भने सो अवधिमा कम्पनीले २.५ मिलियन डलर मात्र आम्दानी गरेको छ।

डिजिटल सम्पत्तिमा गिरावट

कम्पनीको ठूलो घाटाको मुख्य कारण डिजिटल सम्पत्ति, डिजिटल सम्पत्ति धितोमा आधारित लगानी र इक्विटी सेक्युरिटिजको मूल्यमा आएको गिरावट रहेको जनाइएको छ। यी सम्पत्तिको मूल्य घट्दा टीएमटीजीले करिब १९०.४ मिलियन डलर नोक्सानी व्यहोरेको छ।

यस्तै, कम्पनीले ११.७ मिलियन डलर ब्याज खर्च र ८.१ मिलियन डलर सेयरमा आधारित भुक्तानी खर्च गरेको छ।

अप्रिलदेखि जुनसम्म कम्पनीले विज्ञापनबाट १.४३ मिलियन डलर आम्दानी गरेको थियो।

ट्रुथ सोसलका प्रयोगकर्ता घट्दै

टीएमटीजीको मुख्य प्लेटफर्म ‘ट्रुथ सोसल’ हो। कम्पनीले ‘ट्रुथप्लस’ भिडियो स्ट्रिमिङ र ‘ट्रुथडटफी’ लगायतका सेवा सञ्चालन गर्नुका साथै क्रिप्टोकरेन्सीसम्बन्धी कारोबारमा समेत विस्तार गरेको छ।

ट्रम्पले सन् २०२२ मा ट्रुथ सोसल सुरु गरेका थिए। तर, यो प्लेटफर्म एक्स र फेसबुकजस्ता ठूला सामाजिक सञ्जालको स्तरमा पुग्न सकेको छैन।

न्युयोर्क टाइम्सले सिमिलरवेबको तथ्यांक उद्धृत गर्दै जुलाई २०२६ मा ट्रुथ सोसलको वेबसाइटमा आउने आगन्तुकको संख्या अघिल्लो वर्षको तुलनामा एक तिहाइभन्दा बढी घटेको जनाएको छ।

सेयर मूल्यमा गिरावट

टीएमटीजीको सेयर अमेरिकी सेयर बजार न्यास्डाकमा ‘डीजेटी’ नामबाट कारोबार हुन्छ। कमजोर वित्तीय नतिजा सार्वजनिक भएपछि सोमबार कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले घटेको थियो।

कम्पनीले अगस्ट १ देखि ‘ट्रुथ एपीआई’ सेवा सञ्चालनमा ल्याएको छ। यसमार्फत कम्पनीहरूले ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गरेका सामग्री तत्काल प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अन्तरिम प्रमुख कार्यकारी अधिकृत केभिन म्याकगर्नका अनुसार हालसम्म १० भन्दा बढी कम्पनीले यो सेवा लिएका छन्। सेवाका लागि कम्पनीहरूले प्रतिमहिना करिब ६० हजारदेखि एक लाख डलरसम्म शुल्क तिर्ने गरेका छन्।

ट्रम्पका सामाजिक सञ्जाल पोस्टले कहिलेकाहीँ सेयर बजारमा तत्काल प्रभाव पार्ने भएकाले कम्पनीहरूले उनका पोस्ट अरूभन्दा पहिले प्राप्त गर्न चाहेको बताइएको छ। ट्रम्पले कुनै देशमाथि नयाँ ट्यारिफ घोषणा गर्दा सम्बन्धित देश वा कम्पनीको सेयर मूल्यमा तत्काल प्रभाव पर्न सक्छ।

टीएमटीजीले अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन (एसईसी)मा बुझाएको प्रतिवेदनअनुसार, अघिल्लो वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको घाटा करिब २० मिलियन डलर थियो। यो वर्ष सोही अवधिमा घाटा बढेर २३८.१ मिलियन डलर पुगेको छ।

अलजजिराको सहयोगमा

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोशीमा ब्राउन सुगरको कारोबार बढ्दो, तीन वर्षमा बरामद परिमाण तीन गुणाभन्दा बढी

वीर अस्पतालमा उपकरण सीमित, एमआरआईका लागि दुई महिनासम्म कुर्नुपर्ने बाध्यता

सम्बन्धित

इरानतर्फ गइरहेको जहाजलाई अमेरिकाले रोकेको दाबी

जिम्बाब्वेको करिबा तालमा डुंगा दुर्घटना, १५ जनाको मृत्यु

एयर इन्डियाका पाइलटको ड्रग परीक्षण पोजेटिभ, उडानका क्रममा २४ जना घाइते

बाब अल–मन्देबमा हुथी आक्रमण, चार चालक दलका सदस्यको मृत्यु

बाब अल–मन्देब जलडमरूमध्यमा कार्गो जहाजमाथि आक्रमण, तीन चालक दलका सदस्यको मृत्यु

रुसले भारतसम्म प्रत्यक्ष रेलमार्गको सम्भावना खोज्दै, मध्य तथा दक्षिण एसिया जोड्ने प्रस्ताव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu