काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले देश र जनताको सुरक्षा तथा सेवामा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन दिएका छन् । गणपति र गुल्मपतिका रूपमा खटिन लागेका अधिकृतहरूको लागि आयोजित कमान्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा बोल्दै महानिरीक्षक पौडेलले राष्ट्र र संगठनको प्रतिष्ठाभन्दा माथि कोही पनि नहुने बताए ।
उनले कार्यक्षेत्रमा परिचालित हुँदा गलत नियत राखेर काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीको भागीदार बन्ने चेतावनी दिए । महानिरीक्षक पौडेलले आर्थिक अनियमिततासम्बन्धी मुद्दामा शून्य सहनशीलताको नीति पूर्ण रूपमा पालना गर्न र त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
कार्यक्रममा बोल्दै उनले ‘मिस इन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘हेट स्पिच’का कारण उत्पन्न हुने जोखिमबारे विशेष ध्यान दिनुपर्ने बताए । यस्ता तत्वहरूले समाजमा विग्रह ल्याउन सक्ने भन्दै त्यसतर्फ बढी सावधानी अपनाउन आग्रह गरे ।
निर्देशनको सार
महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरूलाई संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । उहाँले राष्ट्रिय सुरक्षा, जनताको सेवा र संगठनको छवि उच्च राख्न सदैव तत्पर रहन आग्रह गरेका छन् । साथै, उनले आर्थिक अनियमितता र गलत कार्यशैली विरूद्ध कठोर नीति लिइने बताएका छन् ।
Originally published on abcnews.com.np.


















प्रतिक्रिया दिनुहोस्