ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला : एकतासँगै शक्ति समीकरणको तयारी


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : ०५   बजे

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादसम्बन्धी पुनरवलोकन निवेदनमा निस्सा जारी गरेपछि संस्थापनइतर पक्ष उत्साहित बनेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा राष्ट्रिय भेलालाई सम्बोधन गर्न आउने भएपछि समूहको मनोबल थप बढेको नेताहरूले बताएका छन्।

संस्थापनइतर पक्षले राष्ट्रिय भेला पार्टी एकताका लागि आयोजना गरिएको दाबी गर्दै आए पनि पछिल्ला गतिविधिले यसको उद्देश्य एकताको सन्देशमा मात्रै सीमित नहुने संकेत गरेको छ। नेतृत्वमाथि बढाइएको दबाब, पार्टीका महत्वपूर्ण निर्णय रोक्न सभापति गगनकुमार थापालाई पठाइएको पत्र तथा आगामी महाधिवेशनको रणनीतिबारे छलफलले भेलालाई राजनीतिक रूपमा महत्वपूर्ण बनाएको छ।

नेतृत्वमाथि दबाब बढाउँदै इतर पक्ष

पछिल्लो समय संस्थापनइतर पक्षले निरन्तर भेला तथा छलफल गर्दै आएको छ। सोमबार काठमाडौंमा आयोजित युवा भेलामा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेला कुनै पद प्राप्तिका लागि नभई लोकतान्त्रिक पद्धति र नियमअनुसार पार्टी अघि बढाउन आयोजना गरिएको बताए।

उनले नयाँ पुस्ताले पनि पार्टी र मुलुकप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राखेका छन्।

शेखर कोइरालाको सक्रियताले बदलिँदै समीकरण

संस्थापनइतर पक्षको राष्ट्रिय भेलालाई थप अर्थपूर्ण बनाउने अर्को पक्ष डा. शेखर कोइरालाको पछिल्लो सक्रियता हो। लामो समय तटस्थ देखिएका कोइराला इतर पक्षसँग नजिकिएपछि कांग्रेसभित्रको शक्ति समीकरणमा समेत प्रभाव परेको नेताहरूको बुझाइ छ।

कोइरालाले सभापति गगनकुमार थापासँग भेट गरी पार्टीलाई एकताको दिशामा अघि बढाउने विषयमा छलफल गरेका छन्। यद्यपि, उनको भूमिकालाई लिएर संस्थापनइतर पक्षभित्रै फरक–फरक व्याख्या भइरहेको छ।

संवाद निष्क्रिय, राष्ट्रिय भेलातर्फ ध्यान

पार्टीभित्रको विवाद समाधानका लागि नेतृत्व तहमा औपचारिक संवाद हुन नसकेको संस्थापनइतर पक्षका नेताहरूको भनाइ छ।

राष्ट्रिय भेला प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार अहिले नेतृत्वबीच वार्ता भइरहेको छैन। उनका अनुसार साउन २९ देखि ३१ गतेसम्म हुने राष्ट्रिय भेला रोकिने सम्भावना छैन।

उनले भेलाअघि पार्टी एकता भए गगनकुमार थापाकै नेतृत्वमा अघि बढ्ने र एकता हुन नसके आगामी महाधिवेशनमा नेतृत्वको स्वाभाविक प्रक्रिया अघि बढ्ने बताए।

निर्वाचन प्रक्रिया कब्जा गर्न खोजिएको आरोप

नेता डा. प्रकाशशरण महतले निर्वाचन आयोगको निर्णय स्वीकार गरे पनि पार्टीको निर्वाचन प्रक्रिया कब्जा गर्न खोजिएको आरोप लगाएका छन्।

उनका अनुसार १५औँ महाधिवेशन सम्मानजनक, पारदर्शी र विधानसम्मत हुनुपर्ने माग राखिए पनि नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिएन। महतले सदस्यता र वार्ताका नाममा विवाद लम्ब्याउने प्रयास भएको आरोपसमेत लगाए।

सर्वोच्चको निस्सापछि रणनीति

राष्ट्रिय भेला आयोजक समिति सदस्य सिर्जना मल्लले सर्वोच्च अदालतको अन्तिम निर्णय नआउँदासम्म पार्टीको आगामी रणनीति तय गर्ने थलोका रूपमा भेलालाई हेरिएको बताइन्।

उनका अनुसार नियमित महाधिवेशन पक्षधरलाई एकै ठाउँमा ल्याएर आगामी रणनीति बनाउने उद्देश्य भेलाको छ।

लामो समयको उपचारपछि निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किन लागेकाले उनको सम्बोधनले पार्टीभित्रको एकता र भावी राजनीतिक दिशाबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।

सभापतिलाई निर्णय रोक्न पत्र

राष्ट्रिय भेलाअघि संस्थापनइतर पक्षले सभापति गगनकुमार थापालाई औपचारिक पत्र पठाउँदै महाधिवेशनलगायत पार्टीका महत्वपूर्ण निर्णय तत्काल अघि नबढाउन आग्रह गरेको छ।

राष्ट्रिय भेला आयोजक समिति संयोजक डा. शशांक कोइरालाले केन्द्रीय समितिलाई पठाएको पत्रमा सर्वोच्च अदालतले विवादित फैसलामाथि पुनरवलोकनका लागि निस्सा प्रदान गरेकाले अन्तिम फैसला नआएसम्म महत्वपूर्ण निर्णय रोक्न माग गरिएको छ।

पत्रमा १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका स्थगित गर्न आग्रह गरिएको छ। साथै, अदालतको अन्तिम फैसला नआएसम्म दीर्घकालीन प्रभाव पार्ने राजनीतिक, सांगठनिक, नीतिगत तथा आर्थिक निर्णय नगर्न पनि आग्रह गरिएको छ।

भेलाबाट के आउला ?

संस्थापनइतर पक्षले राष्ट्रिय भेलाको मुख्य उद्देश्य कांग्रेसलाई एकताबद्ध बनाउनु रहेको बताउँदै आएको छ। तर सर्वोच्च अदालतको पछिल्लो आदेश, नेतृत्वमाथिको दबाब, महाधिवेशन प्रक्रिया रोक्न गरिएको माग र आगामी रणनीति तय गर्ने तयारीले भेलाको राजनीतिक महत्व बढाएको छ।

त्यसैले साउन २९ देखि ३१ गतेसम्म हुने राष्ट्रिय भेलाले कांग्रेसभित्रको शक्ति समीकरण, महाधिवेशनको प्रक्रिया र पार्टीको आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण निर्णय लिन सक्ने अपेक्षा गरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Thousands Protest in Spain Over Ceuta’s Ongoing Migration Crisis

Xi Jinping Calls for Deepening China-Egypt Cooperation, Proposes New Mideast Security Architecture

Xi Concludes State Visit to Egypt with Cooperation Agreements

Xi Jinping Tours Grand Egyptian Museum With El-Sisi

China Launches Multi-Pronged Rescue Mission After Deadly Mudslide

Lawmakers Press Army on Drone Unit Cancellation

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu