ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपहार र सस्तो सामानको प्रलोभनमा मुस्ताङमा बढ्दै अनलाइन ठगी


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ११ : ०५   बजे

मुक्तिनाथ, मुस्ताङ । मुस्ताङमा अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी हुने घटना पछिल्लो समय बढ्दै गएको छ । उपहार, चिट्ठा तथा सस्तो मूल्यमा महँगा सामान पाउने प्रलोभनमा परी सर्वसाधारणले रकम गुमाउने गरेका छन् ।

थासाङ गाउँपालिका–३ का राकेश गौचन आकर्षक उपहार पाउने आशमा २१ हजार रुपैयाँ ठगीमा पर्नुभयो । उहाँले तराईका अजयकुमार दासलाई रकम पठाउनुभएको थियो । तर, अहिलेसम्म रकम फिर्ता भएको छैन ।

त्यस्तै, थासाङ गाउँपालिका–५ ताक्लुङका अजय विकले सस्तो मूल्यमा विद्युतीय स्कुटर किन्न भन्दै प्रतिमकुमार सिंहलाई ८ हजार ५ सय रुपैयाँ पठाउनुभयो । बागलुङको निसीखोला गाउँपालिका–३ का विवश चौधरी पनि आइफोन उपहार परेको भन्दै ५ हजार रुपैयाँ भन्सार शुल्क पठाएपछि ठगीमा पर्नुभयो । उहाँलाई थप ५० हजार रुपैयाँसम्म पठाउन भनिएको थियो ।

एक महिनामै तीन उजुरी

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन महिनामै अनलाइन ठगीसम्बन्धी तीनवटा उजुरी दर्ता भएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा सामाजिक सञ्जाल, बैंकिङ कारोबार, अनलाइन सपिङ, पेमेन्ट, चिट्ठा, स्क्याम तथा अनलाइन गेमका नाममा ३२ जना ठगीमा परेका थिए । उनीहरूले १० लाख रुपैयाँभन्दा बढी गुमाएका थिए ।

अनलाइन ठगीसम्बन्धी उजुरी आर्थिक वर्ष २०८०/८१ मा दुईवटा रहेकोमा २०८१/८२ मा बढेर २१ वटा पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले बताउनुभयो ।

शिक्षित पनि ठगीको सिकार

प्रहरीका अनुसार अनलाइन ठगीमा अशिक्षित मात्र नभई शिक्षित व्यक्ति पनि पर्ने गरेका छन् । थोरै मूल्यमा महँगो सामान तथा आकर्षक उपहार पाइने लोभमा विश्वास गर्दा ठगी हुने गरेको प्रहरी निरीक्षक बस्यालको भनाइ छ ।

गत आर्थिक वर्षका उजुरीका आधारमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धानसमेत गरिरहेको जनाएको छ ।

चिट्ठादेखि अश्लील तस्बिरसम्म

फेसबुक अकाउन्ट ह्याक, अनलाइन सपिङ, मार्केटिङ, वैदेशिक रोजगारी, चिट्ठा तथा उपहार परेको भन्दै रकम माग्ने घटना बढी देखिएका छन् । ओटीपी कोड प्रयोग गरी बैंक खाताबाट रकम निकाल्ने घटना पनि प्रहरीमा पुग्ने गरेका छन् ।

त्यस्तै, फेसबुक, भाइबर, ह्वाट्सएप र म्यासेन्जरमार्फत अपरिचित व्यक्तिसँग सम्बन्ध बनाएर पछि नग्न वा अश्लील तस्बिर प्रयोग गरी ब्ल्याकमेल गर्ने घटना पनि बढिरहेको प्रहरीले जनाएको छ ।

यस्ता घटनामा बदनाम हुने डरले धेरै पीडितले परिवार तथा प्रहरीलाई जानकारी नदिने भएकाले वास्तविक संख्या अझै बढी हुनसक्ने प्रहरीको अनुमान छ ।

ओटीपी र बैंकिङ विवरण नदिन आग्रह

प्रहरीले चिट्ठा वा उपहार परेको भन्दै अपरिचित व्यक्तिबाट सन्देश आएमा तत्काल विश्वास नगर्न आग्रह गरेको छ । मोबाइल एपको लगइन, पासवर्ड, बैंक खाता नम्बर, ओटीपी कोड तथा अन्य बैंकिङ विवरण कसैलाई पनि नदिन प्रहरीले सचेत गराएको छ ।

सामाजिक सञ्जालबाट आएको आकर्षक प्रस्तावभन्दा सतर्कता र पुष्टि नै अनलाइन ठगीबाट बच्ने पहिलो उपाय रहेको प्रहरीको भनाइ छ ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

कांग्रेस असन्तुष्ट पक्षको भेलामा सहभागी हुन पूर्णबहादुर खड्कालाई शशांकको निम्तो

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

India’s Farm Exports Face Scrutiny as Key Markets Raise Quality Concerns

Pakistan Confirms Three Nationals Killed in Houthi Red Sea Attack

Australia Sets Minimum Pay and Insurance for Gig Delivery Workers

भारतको अनुदानमा नेपालमा आठ उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन हुने

अल्ट्राभायोलेटको एक्स ४७ नेपालमा सार्वजनिक, मूल्य ६ लाख ८४ हजार ९००

लमजुङमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा ४८ वर्षीय पुरुष पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu