लमजुङ । राईनास नगरपालिका–६ की ७५ वर्षीया काली सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ४८ वर्षीय प्रेम अछामीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गाँजा खरिद गर्ने विषयमा विवाद भएपछि अछामीले सार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
साउन २३ गते राति करिब ९ बजे अछामी गाँजा किन्न सार्कीको घरमा पुगेका थिए। त्यहाँ पैसाको विषयमा विवाद भएपछि अछामीले हँसियाले प्रहार गर्दा सार्कीको मृत्यु भएको प्रहरी अनुसन्धानमा देखिएको छ।
हत्या गरेपछि अछामीले सार्कीले लगाएका गरगहना समेत लुटपाट गरी शव खाटमुनि लुकाएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले साउन २५ गते अछामीलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्