ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा चक्कु प्रहार गरी साथीको हत्या आरोपमा युवक पक्राउ


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : १५   बजे

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा धारिलो चक्कु प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीले ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीलाई मंगलबार राति पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी रामेश्वर त्वातीका अनुसार घटनाको सूचना प्राप्त भएलगत्तै खटिएको प्रहरी टोलीले घर्तीलाई नियन्त्रणमा लिएको हो।

ज्याला मजदुरी गर्न आएका थिए

प्रहरीका अनुसार मंगलबार राति पौने १० बजे घर्तीले आफ्नै छिमेकी ४० वर्षीय अशोक खत्रीलाई धारिलो चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घर्ती र खत्री दुवै ढोरपाटन नगरपालिका–५ का बासिन्दा हुन्। उनीहरू करिब एक साताअघि काठेखोला गाउँपालिकामा ज्याला मजदुरी गर्न आएका थिए।

उनीहरू निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा बस्दै आएका थिए। सोही भवनमा खत्रीमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।

हत्याको कारण खुल्न बाँकी

प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको छ। डिएसपी त्वातीका अनुसार हत्याको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गर्नुका साथै घटनामा संलग्न व्यक्तिमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुई दशकदेखि रोकिएन पहिरो, ओखलढुंगामा पाँच परिवार उच्च जोखिममा

सरकारी कार्यालयमा निवेदनको ढाँचा अब एउटै हुने

सम्बन्धित

सिमेन्टमा जस्तै अन्य खनिजमा सफलता किन भएन ? सांसद अधिकारीको प्रश्न

४२ वर्षमा नबिल बैंक : १० लाख नाफाबाट ६ अर्ब ७६ करोडसम्मको यात्रा

होन्छी ईएचएस४ सार्वजनिक, ५९ लाख ९९ हजार रूपैयाँ मूल्य

प्राकृतिक स्रोतको प्रभावकारी उपयोग गर्न नीतिगत सुधार आवश्यक : सांसद अधिकारी

धनुषा जिल्ला अदालतको गेटमा महिलाद्वारा आत्मदाह प्रयास

चार वर्षपछि लाभांश बाँड्ने अवस्थामा पुग्यो कुमारी बैंक, नाफा ३०६ प्रतिशत बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu