ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महोत्तरीसहित तराई–मधेसमा बढ्यो गर्मी, तापक्रम ४१ डिग्रीसम्म


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   १ : ४५   बजे

गौशाला (महोत्तरी) । साउन चौथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा नहुँदा महोत्तरीसहित तराई–मधेसमा गर्मी बढेको छ। केही दिनयता मध्याह्नको तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न थालेपछि जनजीवन प्रभावित भएको छ।

सूर्योदयदेखि साँझसम्म चर्को घाम लाग्ने र वर्षा भएलगत्तै पुनः टन्टलापुर घाम लाग्ने क्रमले गर्मी थप बढाएको स्थानीयवासी बताउँछन्। मध्याह्नमा घरबाहिर निस्कनसमेत कठिन हुने गरी तापक्रम बढेपछि दैनिक कामकाज प्रभावित भएको छ।

जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झाका अनुसार मंगलबार जनकपुरधामको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो। महसुस हुने तापक्रम भने करिब ४८ डिग्री सेल्सियससम्म पुगेको उनले बताए।

मधेशमा मनसुन पूर्ण रूपमा सक्रिय नभएकाले अपेक्षित वर्षा हुन नसकेको र वर्षा रोकिएपछि चर्को घाम लाग्दा वाष्पीकरण बढेर गर्मी थप बढेको झाको भनाइ छ। उनका अनुसार आगामी दुई दिनसम्म पनि गर्मीको अवस्था यस्तै रहने सम्भावना छ।

‘लु’को जोखिम

वातावरण विज्ञ अशोक यादवका अनुसार तराई–मधेसमा केही दिनयता ‘लु’ अर्थात् तातो हावाको प्रभाव बढेको छ। मधेश प्रदेशका विभिन्न जिल्लामा तापक्रम ४० डिग्रीभन्दा माथि पुग्न थालेकाले तातो हावाको जोखिम बढेको उनले बताए। यो अवस्था शुक्रबारसम्म कायम रहन सक्ने उनको अनुमान छ।

जनजीवन प्रभावित

चर्को गर्मीका कारण खेतमा काम गर्न, बजार जान तथा अन्य दैनिक गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको स्थानीयवासीले बताएका छन्। गर्मी बढेसँगै मानिसहरू दिउँसो घरभित्रै बस्न बाध्य हुँदा व्यापार–व्यवसायसमेत प्रभावित भएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरामा विविध कार्यक्रमसहित २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

प्रधानमन्त्री बालेन्द्र शाहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कुमारी बैंक चार वर्षपछि लाभांश वितरण गर्न सक्ने अवस्थामा

एनआरएनएको १७औँ युरोपेली सम्मेलन १५ बुँदे डबलिन घोषणापत्र जारी गर्दै सम्पन्न

पोखरामा विविध कार्यक्रमसहित २७ औँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइयो

Drone Attacks Kill Four in Southern Russia and Ukraine

Putin Threatens Retaliatory Ship Seizures Amidst Western Interdictions

प्रधानमन्त्री बालेन्द्र शाहलाई कोप–३१ मा सहभागी हुन टर्कीका राष्ट्रपतिको निमन्त्रणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu