ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागोया वुमेन्स म्याराथनमा नेपाली धाविकाका लागि अवसर, अन्तर्राष्ट्रिय आवेदन खुल्यो


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   २ : ४५   बजे

 

काठमाडौँ । जापानमा आयोजना हुने ‘नागोया वुमेन्स म्याराथन २०२७’ मा नेपाली महिला धाविकाले पनि सहभागी हुन पाउने भएका छन्। प्रतियोगिताको अन्तर्राष्ट्रिय सहभागिताका लागि मंगलबारदेखि आवेदन खुला गरिएको छ।

गिनिज वर्ल्ड रेकर्डबाट विश्वकै ठूलो ‘अल–वुमन म्याराथन’का रूपमा प्रमाणित नागोया वुमेन्स म्याराथन आगामी मार्च १४, २०२७ मा जापानको आइची प्रान्तस्थित नागोयामा आयोजना हुँदैछ।

विश्व एथलेटिक्सको ‘प्लाटिनम लेबल रोड रेस’ समेत रहेको प्रतियोगितामा विश्वस्तरीय धाविकासँगै पहिलोपटक म्याराथन दौडन लागेका तथा व्यक्तिगत उत्कृष्ट समय निकाल्ने लक्ष्य राखेका धाविकाले सहभागिता जनाउनेछन्।

आयोजकले सन् २०२७ का लागि प्रतियोगिताको क्षमता दुई हजारले बढाएर २२ हजार धाविका पुर्‍याएको छ। प्रतियोगितामा १९ देखि ८० वर्षसम्मका महिलाले एउटै ४२.१९५ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्नेछन्।

दौड पूरा गर्ने धाविकालाई विशेष उपहार

नागोया वुमेन्स म्याराथनको अर्को आकर्षण दौड पूरा गर्ने प्रत्येक धाविकालाई प्रदान गरिने विशेष उपहार हो। आयोजकका अनुसार फ्रान्सेली लक्जरी ब्रान्ड बाकारातले प्रतियोगिताका लागि तयार पारेको विशेष क्रिस्टल टम्बलर प्रत्येक ‘फिनिसर’लाई प्रदान गरिनेछ।

सन् २०२७ का लागि तयार पारिएको टम्बलरको डिजाइन दौडको अघिल्लो दिन आयोजना हुने म्याराथन एक्स्पोमा सार्वजनिक गरिनेछ।

दौडको सुरुआत र समापन भेन्टेलिन डोम नागोयामा हुनेछ। ढाकिएको बेसबल रंगशाला भएकाले प्रतिकूल मौसमका कारण हुने जोखिमसमेत केही हदसम्म कम हुने आयोजकको अपेक्षा छ।

सन् २०२६ को संस्करणमा ९६.६ प्रतिशत सहभागीले दौड पूरा गरेका थिए।

म्याराथनसँगै विभिन्न कार्यक्रम

म्याराथन सप्ताहन्तमा धाविकासँगै उनीहरूका परिवार र समर्थकलाई लक्षित गरी विभिन्न कार्यक्रमसमेत आयोजना गरिनेछन्।

शुक्रबारदेखि सुरु हुने म्याराथन एक्स्पोमा ‘गो रनवे’ फेसन शो तथा लोकप्रिय गायक–गायिकाको प्रस्तुति लगायतका कार्यक्रम राखिएका छन्।

मुख्य महिला म्याराथनकै दिन पुरुष धावकका लागि भने नागोया सिटी म्याराथन आयोजना हुनेछ। त्यस्तै इच्छुक धावकले हाफ म्याराथन वा ८.५ किलोमिटरको नागोया रनमा पनि सहभागिता जनाउन सक्नेछन्।

नेपाली धाविकाले कसरी आवेदन दिने?

नागोया वुमेन्स म्याराथन २०२७ को अन्तर्राष्ट्रिय प्रवेशका लागि प्रारम्भिक आवेदन अगस्ट ११ देखि २४, २०२६ सम्म खुला रहनेछ। प्रारम्भिक प्रवेश शुल्क २४ हजार जापानी येन तोकिएको छ।

नियमित आवेदन भने अगस्ट २५ देखि सेप्टेम्बर २३ सम्म खुला रहनेछ, जसका लागि २५ हजार जापानी येन शुल्क तोकिएको छ। दुवै शुल्कमा अतिरिक्त प्रशोधन शुल्क लाग्ने आयोजकले जनाएको छ।

अन्तर्राष्ट्रिय धाविकाका लागि ३ हजार ५०० स्थान छुट्याइएको छ र आवेदन ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’का आधारमा स्वीकार गरिनेछ।

त्यसैगरी नागोया सिटी म्याराथनका लागि पनि अन्तर्राष्ट्रिय आवेदन अगस्ट ११ देखि सेप्टेम्बर २३ सम्म खुला रहनेछ। हाफ म्याराथनका लागि १७ हजार येन र ८.५ किलोमिटरको नागोया रनका लागि १३ हजार येन शुल्क तोकिएको छ।

हाफ म्याराथनमा ३०० तथा नागोया रनमा १०० अन्तर्राष्ट्रिय धावकका लागि स्थान उपलब्ध गराइएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जेनजी विद्रोहपछि पनि युवाका समस्या समाधान भएनन् : आङ्देम्बे

एमाले पुनर्जागरण अभियानद्वारा ओलीलाई आठबुँदे माग

सम्बन्धित

सन्दीपलाई फेरि कप्तानीको जिम्मेवारी, संकटमा रहेको नेपाललाई उकास्ने चुनौती

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिगेजसँग गरे विवाह

वीरेठाँटी माविमा तेक्वान्दो प्रशिक्षणको तेस्रो चरण सम्पन्न

सन्दीप लामिछाने फेरि ओडिआई कप्तान, नेपालले जित्यो एसियन गेम्स टी–२० छनोट

ट्रम्पले गरे इन्फान्टिनोको बचाउ, ‘हटाउने प्रयास भए ठूलो गल्ती हुनेछ’

अनन्त र एरिकको फोर्टिस एफसी एएफसी च्यालेन्ज लिगको समूह चरणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu