ABC NEWS NEPAL | No.1 News channel of Nepal
२७ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राकृतिक स्रोतको सम्भावना उपयोग गर्न नीतिगत सुधार आवश्यक : सांसद अधिकारी


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ५ : ३५   बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपालमा प्राकृतिक स्रोतको पर्याप्त सम्भावना हुँदाहुँदै पनि त्यसको प्रभावकारी उपयोग हुन नसकेको बताएकी छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँगको छलफलका क्रममा सांसद अधिकारीले वन, खानीलगायत प्राकृतिक स्रोतको उपयोगमा देखिएका नीतिगत जटिलता तथा विभिन्न निकायबाट स्वीकृति लिनुपर्ने प्रक्रियाका कारण विकासका काम प्रभावित भइरहेको बताएकी हुन्।

उनका अनुसार नेपालमा ६० भन्दा बढी प्रकारका खनिज तथा खनिज स्रोत भएका एक हजारभन्दा बढी स्थान पहिचान भइसकेका छन्। तर खानी क्षेत्रको अर्थतन्त्रमा योगदान भने न्यून रहेको भन्दै उनले समस्या स्रोतको अभाव नभई नीतिगत जटिलता भएको बताइन्।

सिमेन्ट उद्योगको उदाहरण दिँदै सांसद अधिकारीले स्पष्ट नीतिगत वातावरण पाए नेपाल आयातमा निर्भर अवस्थाबाट उत्पादन तथा निर्यातको सम्भावनातर्फ अघि बढ्न सक्ने बताइन्।

सिमेन्ट क्षेत्रमा देखिएको सफलता फलाम, तामा, डोलोमाइटलगायत अन्य खनिजमा दोहोर्‍याउन नसक्नुको कारणबारे उनले आयोगसँग प्रश्न गरिन्।

नेपालमा उपलब्ध प्राकृतिक स्रोतको पहिचान भइसकेको अवस्थामा त्यसलाई उत्पादन, रोजगारी र आर्थिक विकाससँग जोड्न आवश्यक रहेको उनको भनाइ थियो।

एउटै आयोजनाका लागि धेरै निकायको स्वीकृति

सांसद अधिकारीले वन क्षेत्र ठूलो भए पनि नेपालले काठजन्य वस्तु आयात गरिरहेको विषयसमेत उठाइन्।

विकास तथा पूर्वाधार निर्माणका क्रममा एउटा रुख काट्नसमेत लामो समय लाग्ने अवस्था रहेको भन्दै उनले वन, वातावरण, भूमि, सडक र विद्युत्लगायत विभिन्न निकायबाट छुट्टाछुट्टै स्वीकृति लिनुपर्ने प्रक्रियाले आयोजना वर्षौँसम्म अल्झिने गरेको बताइन्।

यस्ता स्वीकृति प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ र कुन कानुनी व्यवस्थाका कारण समस्या भइरहेको छ भन्नेबारे उनले आयोगको धारणा मागिन्।

वातावरणीय अध्ययनसम्बन्धी प्रक्रियालाई पनि सरल, प्रभावकारी र व्यवहारिक बनाउनुपर्नेमा उनले जोड दिइन्।

निजी क्षेत्रले संघ, प्रदेश र स्थानीय तहमा छुट्टाछुट्टै कर तथा शुल्क तिर्नुपर्दा लागत बढेको गुनासो गर्दै आएको उल्लेख गर्दै सांसद अधिकारीले एउटै स्थानबाट कर सङ्कलन गरी सम्बन्धित तह र निकायबीच बाँडफाँट गर्ने प्रणाली विकास गर्न सकिने वा नसकिनेबारे आयोगसँग प्रश्न गरिन्।

उनले प्राकृतिक स्रोतबाट प्राप्त आम्दानीलाई दीर्घकालीन रूपमा उत्पादनशील क्षेत्रमा लगानी गर्न छुट्टै प्राकृतिक स्रोत कोष स्थापना गर्ने सम्भावनाबारे समेत आयोगलाई अध्ययन गर्न आग्रह गरिन्।

सांसद अधिकारीले प्राकृतिक स्रोतको उपयोगका लागि आवश्यक नीतिगत सुधार तथा स्वीकृति प्रक्रियालाई सहज बनाउन राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताइन्।

प्राकृतिक स्रोतको उपयोगसँग सम्बन्धित समस्या पहिचान गरी त्यसको समाधानका लागि आयोगबाट प्राप्त सुझाव र निष्कर्षले सरकारलाई प्रभावकारी नीति निर्माण गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन्।

नेपालमा उपलब्ध प्राकृतिक स्रोतलाई प्रभावकारी रूपमा उपयोग गर्न सके उत्पादन, रोजगारी र आर्थिक गतिविधि विस्तार गर्न सकिने भन्दै उनले त्यसका लागि नीतिगत स्पष्टता, सहज स्वीकृति प्रक्रिया र विभिन्न सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादमा नीति प्रतिष्ठानको जवाफदेहिता आवश्यक: सांसद झा

लुम्बिनी प्रदेशमा भदौ १ गते मुख्यमन्त्रीले लिनेछन् विश्वासको मत

सम्बन्धित

विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आयोगबाट समिति गठन

गाँजा खरिदको पैसामा विवाद हुँदा वृद्धाको हत्या, आरोपी पक्राउ

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र शुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

एनसेल शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक, अफसोर कारोबारमा प्रश्न (पूर्णपाठ)

काठमाडौंमा पोर्चुगल कन्सुलर कार्यालय खोल्ने निर्णय, एनआरएनए पोर्चुगलद्वारा स्वागत

सर्लाहीमा स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu