ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लुम्बिनी प्रदेशमा भदौ १ गते मुख्यमन्त्रीले लिनेछन् विश्वासको मत


ABC NEWS
२७ श्रावण २०८३, बुधबार   ६ : ४५   बजे

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने भएका छन् । नेकपालाई सरकारमा सहभागी गराउनुअघि मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्ने तयारी गरेका हुन् ।

नेपाली कांग्रेसले साउन १२ गते आचार्य नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको थियो । त्यसपछि, मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदैछन्, र सोपश्चात् मात्र सरकार विस्तार तथा मन्त्रालयहरूको बाँडफाँट टुंगो लगाउने योजना रहेको छ ।

एमाले र नेकपाबीच सहमति भइसके पनि दुवै पार्टीभित्र मुख्यमन्त्री र मन्त्री पदका लागि प्रतिस्पर्धा भएकाले, क्याबिनेट विस्तार गर्नुअघि विश्वासको मत लिएर सरकारलाई सुरक्षित बनाउन मुख्यमन्त्री आचार्यले रणनीति अपनाएका हुन् ।

एमालेमा मुख्यमन्त्री फेर्ने चलखेल

एमाले भित्रैबाट मुख्यमन्त्री आचार्यलाई परिवर्तन गर्नुपर्ने माग उठिरहेको छ, र ३ जना नेता मुख्यमन्त्री पदको दौडमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालका लागि आचार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् । तर, लीला गिरीलाई केही समयपछि आचार्यले पद छाड्नेगरी सहमति भएको बताइएको छ ।

मुख्यमन्त्री आचार्यसँग असन्तुष्ट रहेका सांसदहरूले उनको निरन्तरतालाई अवज्ञा गर्ने धम्की दिएका छन् । उनीहरूले अहिलेको बजेटसमेत पुनःलेखन गराएर मुख्यन्त्री हटाउन हस्ताक्षर अभियान चलाएका थिए ।

नेकपाको सहभागिता र मन्त्रालय बाँडफाँट

नयाँ सत्ता समीकरण अनुसार नेकपालाई मन्त्रालय दिने विषयमा सहमति जुट्न बाँकी रहेको छ । नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारुले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित जम्मा ९ वटा मन्त्रालयहरू रहेका छन् । हाल, मुख्यमन्त्रीसहित एमालेका ५ जना र जसपाका २ जना मन्त्री छन् । ८३ सदस्यीय प्रदेशसभामा बहुमत प्राप्त गर्न ४२ सांसद आवश्यक पर्दछ । एमालेले २९ सिट जितेको छ, जबकि नेकपाका १३ सांसदहरू छन् (सभामुखसहित) । सभामुखले मतदान गर्न नपाइने भएकाले सरकारलाई बहुमत जुटाउन थप दलको समर्थन आवश्यक पर्छ । लुम्बिनीमा जसपासँग गठबन्धन निरन्तर राख्नेसम्मको सहमति भइसकेको छ ।

पुनर्गठन र आकांक्षीहरू

मन्त्रिपरिषद् पुनर्गठनपछि एमालेबाट एक जना र जसपाबाट एक जना मन्त्री पदमुक्त हुने निश्चित भएको छ । यसअघि १२ वटा मन्त्रालय रहेकामा अहिले कटौती गरिएको छ, जसले गर्दा दलहरूलाई सिट बाँडफाँट गर्न कठिनाई भइरहेको छ ।

एमालेभित्र नयाँ मन्त्री नबनाउने भन्ने कुरा चलिरहेको छ । नेकपाबाट प्रमुख सचेतक इन्द्रजीत थारू, पूर्वमन्त्री दिपेन्द्र पुन, नाउपाबाट आएका राजकुमार चौधरी, र नेकपा एसबाट आएकी पूर्वमन्त्री भगवती अधिकारीलगायतका नेताहरू मन्त्री पदका लागि दौडधुपमा छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Lawmakers Press Army on Drone Unit Cancellation

Kennedy Center Disassembles ‘Blue’ Sculpture Amid Trump-Era Changes

राष्ट्रिय अनुसन्धान विभाग कसको मातहत? सरकार र सांसदबीच टकराव

मध्यपूर्वमा बाह्य हस्तक्षेप रोक्न सुरक्षा संरचना परिवर्तन आवश्यक : सी

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक काठमाडौँमा मञ्चन हुँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu