काठमाडौं । सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा चलाइएका दीपक भट्ट र शुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा सदस्य हेमन्त रावलको इजलासमा भएको सुनुवाइपछि भट्ट र अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको हो।
उनीहरू यसअघि पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को मुद्दामा थुनामा थिए।
दोस्रो मुद्दामा पनि थुनामा
दोस्रो सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाल बुधबार साउन २७ गते विशेष अदालतमा उपस्थित भएका थिए।
अदालतमा बयान लिने तथा थुनछेक बहस सम्पन्न भएपछि इजलासले दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा दोस्रो मुद्दासमेत चलाइएको थियो।
विष्णु पौडेल साधारण तारिखमा
दोस्रो सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवालसँगै पूर्वअर्थमन्त्री विष्णु पौडेल पनि मुछिएका थिए।
तर, पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा छाड्ने आदेश दिएको छ।
यससँगै भट्ट र अग्रवाल दोस्रो सम्पत्ति शुद्धीकरण मुद्दामा पनि पुर्पक्षका लागि थुनामा रहने भएका छन् भने पौडेल साधारण तारिखमा रहनेछन्।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्